logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ पारित

    राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ पारित

    1.3K
    Shares
    राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ पारित

    काठमाडौं । राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ पारित भएको छ ।

    सोमबार बसेको राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सो विधेयक पारित गरियोस् भनि राखेको प्रस्ताव बहुमतले पारित भएको हो ।

    बैठकमा सांसदहरुले आवश्यक्ता र औचित्यको आधारमा मात्रै थप विश्वविद्यालय खोल्न सरकारलाई सुझाव दिएका थिए ।

    राष्ट्रियसभाको अर्को बैठक असार १९ गते मंगलबार (भोली) १ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ । आज (सोमबार) बसेको बैठकमा आगामी आर्थिक वर्षको वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सकिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend