logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • हुम्लामा बाढीका कारण तीन घर क्षतिग्रस्त

    हुम्लामा बाढीका कारण तीन घर क्षतिग्रस्त

    3.2K
    Shares
    हुम्लामा बाढीका कारण तीन घर क्षतिग्रस्त

    हुम्ला । आज बिहान परेको अविरल वर्षापछि आएको लेदोसहितको बाढीले यहाँका तीन घरमा क्षति पुर्‍याएको छ । नाम्खा गाउँपालिका–३ खगालगाउँका तीन घरमा लेदोसहितको बाढीले क्षति पुर्‍याएको स्थानीय यज्ञबहादुर शाहीले जानकारी दिए ।

    आज बिहान परेको भीषण वर्षापछि आएको बाढीले पेमा छिरिङ लामा, लुन्डुप रिञ्जिन लामा र छोईकी लामाको घरमा क्षति पुर्‍याएको हो ।

    लेदोसहितको भल घरभित्र पसेपछि सामान, अन्नपात, भाँडाकुडा, लत्ताकपडालगायतका सामग्रीमा क्षति पुर्‍याएको उनको भनाइ छ । लुन्डुप रिन्जिन लामाको घरमा एकातर्फको पर्खाल भत्किएर घरभित्र लेदो पसेको थियो ।

    बाढीले खेतीयोग्य जमिन र बालीमा समेत क्षति पुर्‍याएको प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए। हाल प्रहरी घटनास्थलतर्फ गएको र प्रहरी पुगेपछि मात्रै क्षतिको विवरण आउने उनको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend