logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता असार १९ र २० गते हुने

    मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता असार १९ र २० गते हुने

    1.2K
    Shares
    मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता असार १९ र २० गते हुने

    काठमाडौं । नेपाल खेलकुद महासंघले मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता–२०८० आयोजना गर्ने भएको छ ।

    महासंघले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अवसरमा यही असार १९ र २० गते मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता–२०८० आयोजना गर्न लागेको जानकारी दिएको हो ।

    महासंघका सचिव तीर्थबहादुर खड्काले ब्याडमिन्टन प्रतियोगितामा संविधान सभा सदस्य,वर्तमान तथा पूर्व राष्ट्रिय सभा सदस्य,प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यहरु बीच प्रतिष्पर्धा हुने बताए । उनले दुई दिनसम्म चल्ने प्रतियोगिताका लागि सबै राजनीतिक दलहरुबाट ६० भन्दा बढी सांसदहरुले नाम दर्ता गराइसकेको बताए ।

    महासंघका अध्यक्ष पर्शुराम बस्नेतले सबै राजनीतिक दलका सांसदहरुलाई एउटै खेल मैदानमा ब्याडमिन्टन प्रतियोगिता गराएर सकारात्मक सन्देश दिन खोजिएको बताए ।

    उनले ब्याडमिन्टन प्रतियोगितामा संविधान सभा सदस्य,वर्तमान तथा पूर्वराष्ट्रिय सभा सदस्य,प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यहरु बीच प्रतिष्पर्धा हुने बताए । उनले ब्याडमिन्टन प्रतियोगिता असार १९ र २९ गते हुने बताए ।

    मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता–२०८०को उद्घाटन असार १९ गते महालक्ष्मीस्थान ललितपुरको रिभाइभ लिजर पार्कमा हुनेछ । खेल खेल्नको लागि खेलाडीहरुले असार १८ गते ३ बजेसम्म नाम दर्ता गराइसक्नुपर्ने आयोजकले बताएको छ ।

    प्रतियोगितामा संविधान सभा सदस्य, वर्तमान तथा पूर्व राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्यहरुले भाग लिन पाउनेछन् । प्रतियोगिताको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने आयोजकले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend