logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • एसीसी यू–१६ इस्ट जोन कपः मलेसियासँग नेपालकाे उपाधि भिडन्त

    एसीसी यू–१६ इस्ट जोन कपः मलेसियासँग नेपालकाे उपाधि भिडन्त

    959
    Shares
    एसीसी यू–१६ इस्ट जोन कपः मलेसियासँग नेपालकाे उपाधि भिडन्त

    काठमाडौं । एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटप्रतियोगितको उपाधि हाँसिल गर्न नेपालले घरेलु टोली मलेसियाविरुद्ध पहिले ब्याटिङमा उत्रिएको छ ।

    टस जितेर नेपालले ३५ ओभरको खेलमा मेलेसियालाई फिल्डिङ्गको आमन्त्रण गर्दै पहिले ब्याटिङ गर्ने निधो गरेको हो ।

    समूह ए मा दुई वटै खेलमा जिते निकालेर विजेता बनेको नेपालले सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले हार चखाउदै फाइनलमा स्थान कायम गरेको हो ।

    अर्कोतर्फ घरेलु टोली मलेसियाले सेमिफाइनलमा समूह बी को विजेता हङकङलाई ७८ रनले पराजित गर्दै नेपालसँगको फाइनल भेट पक्का गरेको हो । मलेसिया पनि समूह ए मा नै थियो ।

    नेपालले समूह चरणको खेलमा मलेसियालाई ८४ रनले पराजित गर्दै फराकिलो जित दर्ज गरेको थियो । नेपाल अहिलेसम्म प्रतियोगितामा अपराजित छ भने मलेसियाले नेपालसँग मात्रै हारको सामना गर्नु परेको थियो ।

    नेपालको लक्ष्य जित यात्रालाई निरन्तरता दिँदै उपाधि हात पार्ने दाउमा छ भने मलेसिया नेपालसँग पराजयलाई पूर्ति गर्न चाहन्छ । नेपालले उमेर समूहको क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

    एसीसी यू–१६ इस्ट जोन मा पनि नेपालले उपाधि जित्दै ह्याट्रिक गर्ने लक्ष्य लिएको छ र उक्त लक्ष्य पूरा हुनबाट नेपाल एक कदमको दूरीमा मात्रै छ ।

    एसियाली क्रिकेट काउन्सिलले यसअघि एसीसी यू–१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजजा गरेको थियो । नेपालले २०१७ र २०१९ मा निरन्तर उपाधि चुमेको थियो ।

    नेपालले २०१७ मा रित गौतमको कप्तानीमा सिंगापुरलाई फाइनलमा पराजित गर्दैै उपाधि हात पारेको थियो भने २०१९ मा मलेसियालाई नै हराएर च्याम्पियन बन्न सफल भएको थियो ।

    जारी प्रतियोगितामा धेरै रन बनाउने शीर्ष ९ को सूचीमा नेपालका दुई खेलाडी छन् । मलेसियाका कुनै पनि खेलाडी यो सूचीमा छैनन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend