आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

अर्घाखाँचीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु

अर्घाखाँचीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु

अर्घाखाँची। अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ गोवनपानीमा लगातारको बर्षाले गएको पहिरोले घर पुरिँदा तीन बालबालिकाको ज्यान गएको छ ।

पहिरोले गंगा रास्कोटीको घर पुरिँदा तीन जनाको मृत्यु भएको वडाअध्यक्ष कमल प्रसाद पोखरेलले जानकारी दिए ।

आज बिहान करिब ५ बजेतिर आएको पहिरोले घर पुरेको थियो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार घटनास्थलबाट तीन वटा शव निकालिएको र उनीहरुको पहिचान हुन बाँकी रहेको छ ।

अहिले प्रहरी र स्थानीय घटनास्थलमा उद्धार कार्यमा खटिएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend