logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • संगठन विस्तारमा जुटेकाले अहिले रास्वपा सत्ता परिवर्तनको दौडमा छैन: रवि लामिछाने

    संगठन विस्तारमा जुटेकाले अहिले रास्वपा सत्ता परिवर्तनको दौडमा छैन: रवि लामिछाने

    1.5K
    Shares
    संगठन विस्तारमा जुटेकाले अहिले रास्वपा सत्ता परिवर्तनको दौडमा छैन: रवि लामिछाने

    धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सत्ता परिवर्तन चर्चा चलेपनि आफ्नो पार्टी उक्त दौडमा नरहेको बताएका छन् ।

    पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले अहिले रास्वपा संगठन विस्तारमा लागिपरेकाले सत्ता फेरबदलका लागि हुने कुनै पनि बैठकमा सहभागी नभएको जिकिर गरे ।

    धनगढी विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै लामिछानेले भने, ‘सत्ता फेरबदल हुने चर्चा चलेको कुरा मैले पनि सुनेको छु तर अहिले हामी संगठन विस्तारको क्रममा रहेकाले त्यो रेसमा छैनौं । अघिल्लो पटक नै सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा जाने निर्णय लिएका हौं । सत्ता फेरबदलबारे सुनेपनि म न कुनै बैठकमा गएको छु, न कुनै नै चासो राखेको छु । कुनै पनि क्रियाकलापमा सहभागी छैनौं ।’

    यद्यपि, मिश्रित जनमत रहेका कारण यो पाँच वर्ष सत्ता फेरबदल हुने क्रम जारी रहने लामिछानेको भनाइ छ । अहिलेको सरकारले जनहितर जनअपेक्षित काम गर्न नसकेको र सत्ता जोगाउने खेलमा मात्रै सीमित भएको आरोप उनले लगाए ।

    वर्तमान आर्थिक संकटको समाधान गर्ने गरी बजेट ल्याउनुपर्नेमा सरकारले नियमित जस्तै बजेट ल्याएको लामिछानेले टिप्पणी गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend