झापा । झापाको गौरीगञ्जमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछी कन्चिरा निवासी परसदिया सरदारका १३ वर्षीय छोरा विजय सरदारको मृत्यु भएको हो ।
बुधबार बिहान स्थानीय मोहम्मद आसामुदिन मियाको खेतमा बीउ उखेल्न गएका बेला उनीहरूमाथि चट्याङ परेको थियो ।
घाइतेहरूको नाम नखुलेको छैन । उनीहरू स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।