logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • महोत्तरीमा गोली प्रहारबाट एक जना गम्भीर घाइते

    महोत्तरीमा गोली प्रहारबाट एक जना गम्भीर घाइते

    2.1K
    Shares
    महोत्तरीमा गोली प्रहारबाट एक जना गम्भीर घाइते

    महोत्तरी । महोत्तरीमा गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं. १ बसबिट्टीमा मंगलावार साँझ आपसी विवाद हुँदा लक्ष्मीपुर बस्ने ३८ वर्षीय कौशल मण्डलले चलाएको गोली लागि ४४ वर्षीय श्रवण यादव घाइते भएका हुन् ।

    उनको अहिले जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसबिट्टी घर भएका यादवमाथि मण्डलले दुई राउण्ड गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक सुमन सिंहले जानकारी दिए ।

    कन्चट नजिक र दाहिने कुम माथिको भागमा गोली लागेका यादवलाई अस्पताल भर्ना गरिएको छ । उनीमाथि गोली प्रहार गर्ने मण्डललाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।

    आक्रोशित स्थानीयले मण्डललाई पनि कुटपिट गरेका थिए । स्थानीयको कुटपिटबाट घाइते भएका मण्डललाई जलेश्वर प्रादेशिक अस्पतालमा उपचार गराइ थप अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीलिप गिरीले बताए ।

    श्रवण यादवलाई दुई वटा गोली लागेको र अहिले उपचार चलिरहेको चिकित्सक सौरभ कर्णले बताए । उनले गोलीले रगत नलीलाई नछोएकाले बढी रक्तश्राव हुन नपाउँदा बिरामी खतरामुक्त रहेको बताए ।

    त्यस्तै, गोली लागेका यादवका आफन्त सुदीपकुमार यादवले कुकुरका लागि झगडा हुँदा गोली चलाएको बताए ।

    उनले भने, ‘पेसेन्टलाई गोली लागेको भनेर ल्याइएको थियो, दाहिने तिरको घाँटीको माथिबाट गोली लागेर आँखा भन्दा ठिक तलबाट निस्किएको थियो । अर्को छातीमा लागेको थियो । रगत नली बँचेकाले उहाँलाई धेरै जोखिम भएन ।’

    घटनास्थलबाट प्रहरीले एक थान पेस्तोल, ३ थान गोलीको खोका बरामद गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend