logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • कांग्रेसले एक बर्षपछि बोलायो केन्द्रीय समितिको बैठक

    कांग्रेसले एक बर्षपछि बोलायो केन्द्रीय समितिको बैठक

    2.2K
    Shares
    कांग्रेसले एक बर्षपछि बोलायो केन्द्रीय समितिको बैठक

    काठमाडौं । नेपाली कांग्रेसले यहीं असार २७ मा केन्द्रीय समिति बैठक बस्ने भएको छ ।

    सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रका शर्माले आज (बुधबार) केन्द्रीय समिति बैठकको मिति टंग्याएको हो ।

    यसअघि कांग्रेस केन्द्रीय समिति बैठक गत २७ असारदेखि २ साउनसम्म बसेपछि केन्द्रीय समिति बैठक अहिलेसम्म बस्न सकेको थिएन । कार्यबाहक मुख्य सचिव प्रदीप पराजुलीले २७ असारदेखि केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरिएको जानकारी दिए ।

    विधान अनुसार कांग्रेसको केन्द्रीय समिति बैठक हरेक दुई महिनामा बस्नुपर्ने भएपनि एक वर्षपछि बैठक बस्न लागेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend