logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • जेनेरेटरमा आगलागी भएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

    जेनेरेटरमा आगलागी भएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

    2.2K
    Shares
    जेनेरेटरमा आगलागी भएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

    लुम्बिनी । लुम्बिनी प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगन गरिएको । प्रदेशसभा भवनमा रहेको जेनरेटरमा आगलागी भएपछि १० मिनेटका लागि बैठक स्थगन गरिएको हो ।

    दोस्रो अधिवेशनको १७औँ बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विशेष समय लिएर सम्बोधन गरेपछि प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले बोल्दै गर्दा लाइन काटिएको थियो। सभामुख तुलाराम घर्ती मगरले जेनेरेटरमा आगलागी भएको भन्दै १० मिनेटका लागि बैठक स्थगित भएको जानकारी गराए ।

    लुम्बिनी प्रदेशमा बजेटका विषयमा असन्तुष्टि प्रकट गर्दै लगातार सदन अवरुद्ध पार्दै आएको मंगलवार बजेट पुस्तिका च्यातेर सदन बहिस्कार गरेको प्रमुख प्रतिपक्ष नेकपा एमाले र सरकारबिच सहमति जुटेपछि बुधवार बैठक बसेको हो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend