logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • शहरलाई व्यवस्थित बनाउन नसक्नुको कारण फोहोर व्यवस्थापन होः मन्त्री गुरुङ

    शहरलाई व्यवस्थित बनाउन नसक्नुको कारण फोहोर व्यवस्थापन होः मन्त्री गुरुङ

    2.7K
    Shares
    शहरलाई व्यवस्थित बनाउन नसक्नुको कारण फोहोर व्यवस्थापन होः मन्त्री गुरुङ

    काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले शहरलाई व्यवस्थित बनाउन नसक्नुको प्रमुख कारण फोहोर व्यवस्थापन रहेको बताएकी छिन् ।

    बुधवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले शहर व्यवस्थित बनाउन सबैभन्दा ठूलो समस्या फोहोर व्यवस्थापन भएको बताएकी हुन्

    । उनले शहर व्यवस्थित बनाउन नागरिकहरु आफैँ सचेत बन्नुपर्ने बताइन् । उनले स्थानीय तहसँग समन्वयकारी भुमिका निर्वाह हुन नसक्दा पनि शहर व्यवस्थापन चुनौति बनिरहेको बताइन् ।

    उनले भनिन्, ‘शहर एकदमै राम्रो होस् जहाँ तपाईहरुले परिकल्पना गरेको भन्दा पनि आहा भन्ने शहर होस् भनेर लागेको छ । तर त्यो शहरलाई व्यवस्थित बनाउन सबैभन्दा ठूलो समस्या फोहोर व्यवस्थापनको भइरहेको छ । हामी सबै जना कुरा गर्दा सहजै गर्छौं । हामी विदेश जाँदा यहीँ देखि टिस्यु पेपर किनेर, फोहोर भएपछि राख्छौँ तर नेपालमा एयरपोर्टमा आउनेबित्तिकै फालेर हिँड्न थाल्छौँ । यसमा नागरिक नै हामी सचेत हुनुपर्छ । स्थानीय तहसँग समन्वयकारी भुमिका निर्वाह हुन सकेको छैन ।’

    मन्त्री गुरुङले उद्देश्य र थालनीको तादम्यता नमिल्दा विकास निर्माणका काम पूरा हुन नसकेको बताइन् । उनले अन्तरमन्त्रालयबीचको समन्वय प्रभावकारी बन्न नसकेको स्वीकार गरिन् । उनले अन्तरमन्त्रालय र अन्तर विभागबीचको समन्वय पारस्परिक बन्न नसक्दा विकास निर्माणले गति लिन नसकेको बताइन् ।

    उनले भनिन्, ‘हामी सबैको समस्या एउटा उद्देश्य अर्को थालनीको परम्परा छ, यसको अन्त्य गर्न नसके पूर्वाधर निर्माण गर्न सकिँदैन । भौतिक, खानेपानी, शहरी विकास, भूमि व्यवस्थापन लगायतका विभिन्न मन्त्रालयसँग सम्बन्धित हुन्छ, एकले अर्को मन्त्रालयसँग समन्वय गर्न नसक्दा विकास निर्माणका काम हुन सकेका छैनन् । काम गर्ने कुरामा एकले अर्को मन्त्रालय र विभागसँगको समन्वय, सहयोग पारस्पारिक छैन । यसमा सुधार गरेर जानुपर्छ । यी मन्त्रालय र विभागमा तत्काल समस्याको समाधान गर्ने संयन्त्र अवधारणा बनाउनुपर्छ ।’

    मन्त्री गुरुङले अन्तरमन्त्रालय समन्वयका लागि तत्काल समस्या समाधान गर्ने संयन्त्र बनाउन जरुरी रहेको बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend