logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्राधिकरणका महानिर्देशक अधिकारीलाई मन्त्री किरातीले सोधे ३ बुँदे स्पष्टीकरण

    प्राधिकरणका महानिर्देशक अधिकारीलाई मन्त्री किरातीले सोधे ३ बुँदे स्पष्टीकरण

    1.4K
    Shares
    प्राधिकरणका महानिर्देशक अधिकारीलाई मन्त्री किरातीले सोधे ३ बुँदे स्पष्टीकरण

    काठमाडौँ । संस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई फेरि ३ दिने स्पष्टीकरण साधेका छन् ।

    यसअघि गत असार ११ गते किरातीले अधिकारीलाई ७ दिनको अल्टीमेटमसहित ९ बुँदै स्पष्टीकरण मागेका थिए । तर, अधिकारीले त्यसको जवाफ नदिएपछि मन्त्री किरातीले स्पष्टीकरण माग गर्दै पुनःपत्र पठाएका हुन् ।

    महानिर्देशक अधिकारीले सरकारको नीति विपरीत अभिव्यक्ति दिँदै हिँडेको, हवाई सुरक्षा तथा नियमनमा ख्याल नगरेको, नेपाली हवाई उड्डयन क्षेत्रलाई आईकाओको कालोसूचीबाट हटाउन भूमिका नखेलेको, हालै सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवाबाट समेत नियमित उडान गराउन नसकेको बताउँदै मन्त्री किरातीले स्पष्टीकरण सोधेका थिए ।

    तर, महानिर्देशक अधिकारीले उक्त स्पष्टीकरणको कुनै जवाफ नदिने अडान लिँदै आइरहेका छन्। आफू प्राधिकरणको कर्मचारी भएकाले हवाई क्षेत्रको सुधार एवम् सुरक्षामा प्रतिबद्ध रहेको बताउँदै उनले आफूमाथि कारबाही भए भोग्न तयार रहेको बताएका थिए ।

    प्राधिकरणका महानिर्देशक अधिकारीले स्पष्टीकरणजवाफ नदिएपछि रुष्ट बनेका मन्त्री किराती अधिकारीमाथि कारबाही अघि बढाउने मुडमा पुगेका छन् । ३ दिने स्पष्टीकरणको पनि जवाफ नदिए २४ घण्टे स्पष्टीकरण सोधेर अधिकारीलाई बर्खास्त गर्ने मन्त्रीको तयारी रहेको बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend