logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • प्रधानमन्त्रीको राजीनामा कल्पना गर्न सकिँदैनः प्रमुख सचेतक पाण्डे

    प्रधानमन्त्रीको राजीनामा कल्पना गर्न सकिँदैनः प्रमुख सचेतक पाण्डे

    1.6K
    Shares
    प्रधानमन्त्रीको राजीनामा कल्पना गर्न सकिँदैनः प्रमुख सचेतक पाण्डे

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डेले प्रधानमन्त्रीको राजीनामा कल्पना गर्न पनि नसकिने बताएका छन् ।

    बिहीवार बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले दिएको अभिव्यक्तिका बारेमा संसदमा आफ्ना धारणा राख्ने र भावनात्मक विषयवस्तुलाई अर्कै प्रसंगमा बोलिएका व्यक्तिगत कुरालाई लिएर सदन अवरुद्ध गर्नु उचित नभएको बताए । उनले बाहिरको विषयवस्तुलाई संसदमा ल्याएर एकैपकट प्रधानमन्त्रीको राजिनामा माग्नु नौलो कुरा भएको बताए ।

    उनले भने, ‘प्रधानमन्त्रीज्युले राजिनामा गर्नुपर्छ भन्नेकुरा आयो, त्यो त कल्पना पनि गर्न सकिँदैन । उहाँले के भन्नुभएको हो भन्नेबारेमा प्रधानमन्त्रीज्युले संसदमा आफ्ना विषयवस्तु राखिहाल्नुहुन्छ । यो एउटा भावनात्मक विषयवस्तु कतै अर्कै प्रसंगमा व्यक्तिगत कुरा त्यो पनि धेरै वर्ष पहिलाको कुरा ल्याएर जसरी गरियो, यो बेठिक कुरा हो । सदनमा प्रधानमन्त्रीले आफ्ना कुरा राख्ने, प्रधानमन्त्रीले के भन्नुभएको थियो भन्ने विषयवस्तु नआइकन एउटा कहीँ भएको विषयवस्तुलाई एकै पटक संसदमा ल्याएर राजीनामा माग्ने अनौठो कुरा भयो । यसबारेमा प्रधानमन्त्रीले बोल्ने संसदमा, प्रधानमन्त्रीले संसदमा बोल्न नपाउने भए कसले पाउने हो ।’

    प्रमुख सचेतक पाण्डेले प्रधामन्त्रीले संसदमा आफ्ना कुरा राख्न नपाउने भए कसले पाउने हो ? भन्दै प्रश्न गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend