logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • रासायनिक मल खरिद ऐन संशोधन गर्नुपर्छः मन्त्री भुसाल

    रासायनिक मल खरिद ऐन संशोधन गर्नुपर्छः मन्त्री भुसाल

    1.4K
    Shares
    रासायनिक मल खरिद ऐन संशोधन गर्नुपर्छः मन्त्री भुसाल

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले रासायनिक मल खरिद ऐन र खरिद नियमावली संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।

    बिहीवार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले रासायनिक मल खरिद प्रक्रियाको टेण्डर ४५ दिन रहेकोमा अब १५ दिन राख्नेगरी मन्त्रालयले प्रश्ताव अघि बढाएको बताए ।

    उनले जिटुजी प्रक्रियाबाट नै मल खरिद गर्नुपर्ने र जिटुजीका लागि बजेटको अग्रिम सुनिश्चिततालाई जोड दिन आवश्यक रहेको बताए । उनले छोटो समयमा नै मल खरिद गरी समयमा नै किसानलाई आपूर्ति गर्ने व्यवस्था गर्नुपर्ने बताए ।

    उनले भने, ‘४५ दिनको टेण्डरको जुन समय छ, १५ दिन प्रश्तावित गरौँ भनेका छौँ । यसमा तपाईहरुले सहयोग गर्नुपर्नेछ । त्यसमा मान्यज्युहरुको सहयोग चाहिन्छ, छोटो बनाउनको लागि । तदनुरुप नियमावलीमा पनि संशोधन गरौँ भन्ने हाम्रो प्रश्ताव छ, हामीले औपचारिक रुपमा प्रश्ताव मन्त्रालयबाट अघि बढाइसकेका छौँ । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकबाट नै एउटा के निर्णय गरेका छौँ भने नियमित गर्नका लागि जिटुजीमा नै जानुपर्छ । जिटुजीमा जानका लागि बजेटको अग्रिम सुनिश्चितता हुनुपर्छ । यो भएमात्रै तदनुरुप मागको आँकलन गरेर बजेट खरिदका लागि सुननिश्चित हुनुपर्छ । खरिद ऐन र खरिद नियमावलीमा संशोधन, जिटुजी प्रक्रियाबाट नै जाउँ, बजेटको सुनिश्चित गरी प्रक्रियालाई छोटो गराइ समयमा नै खरिद गरौँ र आपूर्तिको व्यवस्था गरौँ ।’

    मन्त्री भुसालले रासायनिक मलमा मात्रै निर्भर नभइ प्राङ्गारिक र जैविक मलमा निर्भर हुनेकुरामा जोड दिन आवश्यक रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend