logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्रीको सदाशयतापूर्ण अभिव्यक्तिलाई दुराशयमा बदल्न खोजियो: माओवादी केन्द्र

    प्रधानमन्त्रीको सदाशयतापूर्ण अभिव्यक्तिलाई दुराशयमा बदल्न खोजियो: माओवादी केन्द्र

    1.5K
    Shares
    प्रधानमन्त्रीको सदाशयतापूर्ण अभिव्यक्तिलाई दुराशयमा बदल्न खोजियो: माओवादी केन्द्र

    काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सरदार प्रितम सिंह बारे एक पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दलबाट गरिएको भ्रामक, आपत्तिजनक, प्रचारवाजीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    पार्टी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोज्नु प्रमुख प्रतिपक्षको गलत चाहना पूरा गर्ने अभिष्टताबाहेक केही नभएको उल्लेख गरेका छन् ।

    सरदार प्रितम सिंह र प्रधानमन्त्री प्रचण्डका बीचमा औपचारिक मात्र नभई भावनात्मकरुपमा समेत प्रगाढ सम्बन्ध रहँदै आएको तथ्य सार्वजनिक भइसकेको उपाध्यक्ष महराले स्पष्ट गरेका छन् ।

    उक्त पृष्ठभूमिमा सरदार सिंहबाट आफूलाई प्रधानमन्त्रीका रुपमा देख्न चाहेको र त्यसको लागि उनले सक्दो योगदान गरेको यथार्थता प्रकट गरिएको विज्ञप्तिमा भनिएको छ ।

    ‘मध्यरातमा ‘रअ’ प्रमुखसँग बालुवाटारमा भेटेर पटक–पटक संसद् विघटन गर्ने, जनताका मुद्दामा कानुन बनाउन खोज्दा संसद् अवरोध गर्ने, भ्रष्टाचारीको छानविन र फाइल खोल्दा गैरजिम्मेवार बन्ने जस्ता पात्र र प्रवृत्तिले गर्दा प्राप्त राजनीतिक उपलब्धिमाथि प्रहार भइरहेको तथ्य नेपाली जनताले बुझिसकेका छन्,’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘पानी धमिल्याएर माछा मार्न खोज्ने’ प्रवृत्ति फेरि पनि ‘के निउ पाऊँ, कनिका बुकाऊँ’ भने जस्तै भ्रामक र दुराशययुक्त प्रचारबाजीमा उत्रिएर गरिएका हर्कतप्रति माओवादीले घोर भत्र्सना गर्दछ ।’

    राष्ट्रियता, गणतन्त्र र जनजीविकाका पक्षमा दृढतापूर्वक उभिन पार्टीपङ्क्ति र जनसमुदायमा प्रवक्ता महराले अनुरोध गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend