logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • कोशीका नवनियुक्त मुख्यमन्त्री थापाले लिए शपथ

    कोशीका नवनियुक्त मुख्यमन्त्री थापाले लिए शपथ

    1.8K
    Shares
    कोशीका नवनियुक्त मुख्यमन्त्री थापाले लिए शपथ

    विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका कांग्रेस नेता उद्धव थापाले पद तथा गोपनीयताको शपथ खाएका छन् ।

    हिजो (बिहीबार) मुख्यमन्त्रीमा नियुक्त भएका थापाले आज प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनीयताको शपथ ग्रहण लिएका हुन् ।

    थापाले तीन सदस्यीय मन्त्रिपरिषद गठन समेत गरेका छन् । पहिलो चरणको मन्त्रिमण्डलमा नेकपा एकीकृत समाजवादी पार्टीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनुवार मन्त्री नियुक्त भएका छन् । उनीहरुले पनि आजै शपथ ग्रहण गरेका छन् ।

    माओवादी केन्द्रले भने सरकारमा मन्त्री पठाएको छैन । मन्त्री छनोटका लागि छलफलमै रहेको माओवादीले बताएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend