logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • नाबालिका बलात्कार प्रकरण: एलओडीका अर्का सञ्चालक रुदिल पनि पक्राउ

    नाबालिका बलात्कार प्रकरण: एलओडीका अर्का सञ्चालक रुदिल पनि पक्राउ

    5.8K
    Shares
    नाबालिका बलात्कार प्रकरण: एलओडीका अर्का सञ्चालक रुदिल पनि पक्राउ

    काठमाडौँ । काठमाडौंको ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) क्लबका सञ्चालक रुदिल बल्लब श्रेष्ठ पनि पक्राउ परेका छन् । श्रेष्ठलाई ललितपुर प्रहरी परिसरले शुक्रबार बिहान ९ः३० बजे कुपण्डोलबाट पक्राउ गरेको हो ।

    गत ३० जेठ मा ठमेलको एलओडी क्लबमा पुगेकी १६ वर्षीय किशोरीमाथि भएको बलात्कार प्रकरणमा क्लबका सञ्चालकद्वय रुदिल श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध प्रहरीले पक्राउ पुर्जी लिएको थियो ।

    यसअघि बिहीबार साँझ सोही नाबालिग बलात्कृत घटनामा सञ्चालक राजुसिंह सुवाललाई पक्राउ गरिएको थियो । क्लब पुगेकी १६ वर्षीया नाबालिगमाथि पोखरा घर भएका ५० वर्षीय सुदन कोइरालाले ललितपुरस्थित आफ्नो फ्ल्याटमा लगेर गत जेठ ३१ गते बलात्कार गरेको प्रहरीमा जाहेरी दिइएको थियो । जेठ ३१ गते बिहान ४ बजे प्रहरीले नाबालिगलाई ललितपुरको एक फ्ल्याटबाट उद्धार गरेको थियो ।

    ललितपुर प्रहरी परिसरले पक्राउ परेका दुवैजनालाई बालबालिका सम्बनधी कसुरमा पक्राउ गरिएको जनाएको छ । उमेर नपुगेको बालबालिकालाई क्लबमा प्रवेश दिएर उनीहरुमाथि अपराध गरिएकाले बालबालिकासम्बनधी कसुरमा उनीहरु पक्राउ परेका हुन् ।

    जेठ ३० गते राती क्लबमा पुगेकी किशोरीलाई क्लबमै पुगेका कोइरालाले त्यहाँबाट लिएर आफ्नो फ्ल्याटमा लगेका थिए। फ्ल्याटमा लगेर कोइरालाले बलात्कार गरेपछि नाबालिगले आफ्नो परिवारका सदस्यलाई फोन गरेपछि परिवारको सहयोगमा प्रहरीले बालिकालाई फोन आएको एक घण्टापछि उद्धार गरेको थियो । फरार रहेका कोइरालालाई भने सोही बिहान ९ बजे पक्राउ गरिएको ललितपुर प्रहरीका प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend