logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • ओलीको आरोप: भारतलाई विवादमा तानेर प्रधानमन्त्रीले आफ्नो स्वार्थ पूरा गर्न खोजे

    ओलीको आरोप: भारतलाई विवादमा तानेर प्रधानमन्त्रीले आफ्नो स्वार्थ पूरा गर्न खोजे

    2.2K
    Shares
    ओलीको आरोप: भारतलाई विवादमा तानेर प्रधानमन्त्रीले आफ्नो स्वार्थ पूरा गर्न खोजे

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतलाई विवादमा मुछेर आफ्नो स्वार्थसिद्ध गर्न खोजेको टिप्पणी गरेका छन् ।

    शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले भारतले नेपालमा सरकार बनाउँछु नभनेको बताउँदै उनले, ‘त्यो भन्नु सार्वभौमसत्ता विपरीत हुन्छ, यो कुरा भारतलाई पनि थाहा छ ।’ उनले भने ।

    यद्यपि, नेपालका प्रधानमन्त्रीले ‘नेपालको सार्वभौमसत्ता नेपालमा छैन, नेपालको सांसदहरुले सरकार बनाउने होइन, दिल्ली दौडिएर बन्छ । धेरै पटक मलाई बनाउन पनि मान्छे कुदेका थिए’ भनेर राष्ट्रियतामाथि मजाक उडाइरहेको ओलीको आरोप छ ।

    उनले अगाडी थपे, ‘यसमा भारतलाई मुछ्नुपर्ने केही छैन । भारतले केही भनेकै छैन ।’ भारतलाई समेत विवादमा तानेर आफ्नो स्वार्थ सिद्धी गर्न खोजेको ओलीले तर्क गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend