logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • ओलीको टिप्पणी: ललितानिवास जग्गा हिनामिना प्रकरण पोलिटिकल स्टन्ट मात्रै हो

    ओलीको टिप्पणी: ललितानिवास जग्गा हिनामिना प्रकरण पोलिटिकल स्टन्ट मात्रै हो

    2.6K
    Shares
    ओलीको टिप्पणी: ललितानिवास जग्गा हिनामिना प्रकरण पोलिटिकल स्टन्ट मात्रै हो

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ललितानिवास जग्गा अनियमितता प्रकरणमाथि अघि बढाइएको अनुसन्धान सरकारको पोलिटिकल स्टन्ट मात्र भएको टिप्पणी गरेका छन् ।

    अध्यक्ष ओलीले पार्टी उपाध्यक्ष विष्णु पौडेलका छोरालाई दोषी देखाउन खोजिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । शुक्रबार स्ववियु काउन्सिलको बैठकमा बोल्दै ओलीले ललिता निवास प्रकरणमा सरकारले भ्रष्टाचार विरोधी देखिन पोलिटिकल स्टन्ट बाहेक केही नगर्ने जिकिर गरे ।

    ‘ललितानिवासको प्रकरण निकालिएको छ, यो नाटक मात्र हो । आफूलाई हिरो देखाउन स्टन्ट मात्र हो । अरु केही गर्दैन यो सरकारले ।’ उनले भने । ‘गर्दा यो गठबन्धनकै मान्छेहरु पर्ने हुन्, त्यसैले गर्दैन’, पार्टी उपाध्यक्ष पौडेलतर्फ संकेत गर्दै ओलीले जग्गा खरिद गरे वापत दोषी देखाउन खोजिएको बताए ।

    उनले अगाडि थपे, ‘हाम्रो पार्टीको एउटा कसैको छोराले जमिन किनेको थियो अरे । कसैको छोराले जमिन किन्यो, धनिपूर्जा हेर्‍यो, अड्डामा गएर पास गर्‍यो । उ चाहिँ प्रमुख दोषी भन्न खोजिएको । यस्ता कुराहरुको कुनै अर्थ छैन ।’

    स्वच्छता, पारदर्शिता, कानुनीराज, लोकतान्त्रिक पद्धती विश्वासमा गर्ने पाटी एमाले भएको उनको दाबी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend