logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारत भ्रमणमा प्रचण्डले उनकै निवासमा लुकेर भारतीय गुप्तचरलाई भेटेका छन्ः ओली

    भारत भ्रमणमा प्रचण्डले उनकै निवासमा लुकेर भारतीय गुप्तचरलाई भेटेका छन्ः ओली

    2.7K
    Shares
    भारत भ्रमणमा प्रचण्डले उनकै निवासमा लुकेर भारतीय गुप्तचरलाई भेटेका छन्ः ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा गएका बेला भारतीय गुप्तचर प्रमुखसँग भेटेर आएको बताएका छन् ।

    शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री दाहाल भारत भ्रमणका क्रममा भारतीय गुप्तचर प्रमुखकै घरमा गएर बसेको दाबी गरे । उनले उक्त भेट पनि प्रधानमन्त्रीले लुकाएको आरोप लगाए ।

    उनले भारतीय गुप्तचर प्रमुख नेपालमा आएका बेला आफूले सार्वजनिक रुपमै भेटेको र कुनै कुरा नलुकाएको बताए । उनले प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा गुप्तचर प्रमुखकै घरमा भेटेको कुरा लुकाएर राष्ट्रहीतका पक्षमा कुनै कुरा नगरेको बताए ।

    उनले भने, ‘जे कुरामा पनि नेकपा एमालेलाई दोषी देखाउने काममा लागेको छ । भारतबाट रअका प्रमुख नेपाल आए, मसँग भेट्छु भने, नेपालमा आएर भेटेँ, मैले सार्वजनिक रुपमा भेटेँ, कुरा गरेँ, यस पटक प्रचण्डजी दिल्ली जानुभयो, उनको निवासमा गएर लुकेर भेट्नुभयो । गोप्य मन्त्रणा गरेर आउनु भयो । मैले त्यस्तो गोप्य मन्त्रणा गरेको होइन, उहाँ गएर भेटेको होइन । मलाई भेट्न आएको ठाउँमा मैले भेट दिएको हो । जनताको हीतको पक्षमा कुरा गरेँ, अहीत केही कुरा गरिनँ, उहाँले देशको हीतको पक्षमा कुन शब्द उच्चारण गर्नुभयो, के भन्नुभयो, भेटेको कुरा पनि स्वीकार्न सक्नुहुन्न उहाँ ।’

    अध्यक्ष ओलीले नेपालमा बहुदलिय व्यवस्था छ तर लोकतन्त्र र कानूनी राज नरहेको जिकिर गरे । उनले नेपालको प्रधानमन्त्री नेपाली जनता र नेपाली संसदबाट नचुनिएको प्रधानमन्त्री दाहालको अभिव्यक्तिले लोकतन्त्र, देश र सार्वभौम सत्तामाथिथ ठट्टा गरिएको बताए । उनले छिमेकी देशलाई समेत विवादमा तान्ने प्रयास गरिएको बताए ।

    नेपाली जनतामा रहेको सार्वभौम सत्ताको मजाक गर्न नमिल्ने भन्दै प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने र सत्तापक्षसँग कुनैपनि स्थानमा भेट्न तयार रहेको बताए । उनले सत्तापक्षले घमण्ड देखाएर संसदमा भेट्ने भनेको उल्लेख गर्दै सत्तापक्षसँग यसबारेमा कुनैपनि ठाउँमा भेट्न तयार रहेको उल्लेख गरे ।

    उनले भने, ‘नेपालमा बहुदलिय व्यवस्था छ तर लोकतन्त्र छैन, बहुदलिय व्यवस्था छ तर नेपालमा कानूनी राज छैन । संसदबाट छानिएको भन्ने सरकार छ तर संसदबाट छानिएको होइन रहेछ । अस्ति प्रधानमन्त्री आफैँले एउटा प्रमाण बल्ल पेस गर्नुभएको छ, कति प्रमाण छन् छन् यस्ता । कति कुदेका छन् छन्, दिल्ली, कति उडेका छन् छन् दिल्ली । तर उहाँल एउटा मित्रराष्ट्रलाई, दिल्लीले हामीकहाँ कोही आएको भनेको छैन, प्रितम सिंहले प्रेस कन्फ्रेन्स गरी गरी भन्नुहुन्छ म दिल्ली प्रचण्डलाई बनाउन म दिल्ली गएको होइन, गएको छैन भनेर । उहाँले किन भन्नुहुन्छ, उहाँले जान्नुहुन्छ । प्रितम सिंहलाई पनि उहाँले बेकार मुछ्नुभयो । प्रितम सिंह दिल्ली नै जानुभएको छैन, तर मलाई बनाउन जानुभयो भनेर उहाँले झुट बोल्नुभयो । मित्र राष्ट्र भारतले नेपालमा सरकार बनाउँछु, अहिलेसम्म भनेको छैन, त्यो भन्नु नेपालको सार्वभौम सत्ता विपरित हुन्छ, त्यो भारतलाई पनि थाहा छ । भारत भन्दैन तर नेपालको प्रधानमन्त्री भनिरहेका छन्, नेपालको सार्वभौम सत्ता नेपालको संसदमा छैन, नेपाली जनतामा छैन, नेपालका सांसद, संसदले सरकार बनाउने होइन, दिल्ली दौडिएर सरकार बन्छ । धेरै पल्ट मलाई बनाउन पनि मान्छे कुदेका थिए । राष्ट्रियतामाथि मजाक उडाइएको छ । सार्वभौम सत्तामाथि मजाक उडाइएको छ । हामीले राजीनामा माग ग¥यौँ, यो अति भयो, संसदको अपमान भयो, संविधानको बर्खिलाप भयो, लोकतन्त्रको उपहास भयो । नेपाली जनतामा रहेको सार्वभौम सत्ताको मजाक उडाइयो । यो मामुली कुरा होइन, प्रधानमन्त्रीले राजीनमा गर्नुपर्छ । हिजो बिहान गठबन्धनको बैठक बस्यो, हिजो बिहान मसल देखाएर आह्वान गरे, संसदमै भेटौँला । आउ । प्रतिपक्षले के गर्ने, भेटौँला भनेपछि भेट्नुपर्छ । ठिक छ, केका लागि पाल्र्यामेण्ट भनेको हो, उहाँहरुले वार्ता गर्छौं भन्नुभएन, पाल्र्यामेण्टमा सामना गरिन्छ भन्नुभयो । प्रतिपक्षको तर्फबाट म मसिनो स्वरमा भन्न चाहन्छु । नम्रताका साथ भन्न चाहन्छु, सत्ता पक्ष पाल्र्यामेण्टमा मात्रै होइन, जहाँ भन्छ त्यहाँ हामी तयार छौँ । स्पष्ट तोकेर बोलाए हुन्छ । त्यहाँ पुग्न हामी तयार छौँ । अहिलेको सरकार र सत्ता उन्मादको भाषा बोलन चाहन्छ । अहंकारी व्यवहार गर्न चाहन्छ ।’

    अध्यक्ष ओलीले कोही प्रदेशमा सरकार गठनको नाममा लगातार संविधान मिचिएको बताए । उनले सामुखसहितको हस्ताक्षर बुझाएर सरकार गठन गर्नेकुरा उचित नरहेको बताए । उनले अहिलेको कोशी प्रदेश सरकार संघबाट दिएको निर्देशनअनुसार चलेको र संविधानको बर्खिलापमा गएको आरोप लगाए ।

    उनले भने, ‘हिजो मात्रैको कुरा हो, कोशी प्रदेशमा ४६/४६ को अवस्था भयो । सभामुखले सभामुख भएसँगै पदबाट राजीनामा गरेर स्वतन्त्र भएका हुन्छन्, सभामुख कुनैपनि दल विशेषको सदस्य हुँदैन । सभामुख भएपछि हो, दल परित्याग गर्छ, राजीनामा गर्छ र स्वतन्त्र सांसदको हैसियतमा हुन्छ । तर यहाँ गठबन्धनको बैठक बस्यो, गठबन्धनले सभामुखलाई आदेश दियो, अघिल्लो संसदको सभामुख अग्निप्रसाद सापकोटा कानूनअनुसार होइन, प्रचण्डको आदेशअनुसार मात्रै चल्नुहुन्थ्यो । त्यही कुरा कोशी प्रदेशमा गठबन्धनको हिजोको आदेशले सभामुखलाई दलको हैसियतमा समर्थन गर्न लगाइयो, सही गर्न लगायो । त्यहाँका प्रदेश प्रमुखले त्यो कुरा देखिदेखि, यहाँबाट ह्वीप जारी गरेपछि कानून विपरित सरकार गठन गर्नुभयो ।
    ।’

    अध्यक्ष ओलीले सत्ता गठबन्धनले देशका हीतहरुलाई जन्मदिनको केक झैँ काटेको बताए । उनले राष्ट्रपतिबाट संविधान विपरित नागरिकता विधेयक प्रमाणीकरण भएको बताए । उनले संविधानअनुसार अघि बढाउनुपर्ने विषय मन्त्रीपरिषद्बाट पठाइनु विश्वकै इतिहासमा नौलो भएको बताए । उनले वर्तमान सत्ता गठबन्धन सत्ताको उन्मातमा रुमल्ल्एिको बताए । उनले राष्ट्रपति रामचन्द्र पौडेलले सत्ताको पक्ष पोषण गरेको आरोप लगाए ।

    उनले भने, ‘अहिले पनि तपाईहरुले देख्नुभएको छ । संविधान लगातार मिच्ने कसैको बहुमत छैन, बहुमत नभएका पार्टीहरु, ७/८ वटा, १० वटा एक ठाउँ मिलेर स्वार्थ बाँडेर देशका हीतहरुलाई चक्नाचुर पारेर बर्थडेको केक काटेझैँ राष्ट्रका हीतहरु काटकुट पारेर, बाँडेर सत्ता बनाउने र टिकाउने बहुतै घिनलाग्दो खेल खेलिरहेका छन् । राष्ट्रपतिबाट संविधान विपरित पोहोरै सिद्धिसकेको, पोहोरै मरिसकेको कुरा, तथाकथित, समयभित्र हस्ताक्षर नगरेपछि त्यो सकिसकेको हो, त्यसलाई विधिबाट अघि बढाउनु पर्दथ्यो, विधिबाट अघि बढाउन सकिन्थ्यो । हामीले संविधान नमिचौँ, विधिबाट अघि बढ्न हामी तयार छौँ, विधिबाट अघि बढाउन हामी सहयोग पनि पु¥याउँछौँ, सहकार्य गर्छौं, विधिसम्मत अघि बढौँ, तर सत्ता उन्माद त्यो पनि बहुमत आएर, धेरै जनताले पत्याएर सत्ता उन्मात भएको होइन, गठजोड, भागबण्डा, अराजनीतिक, कित्ताकाट, त्यसकै कारणले अहंकार पलाएर उनीहरु संविधान नमान्ने, बल मिच्याँइ गरेर जाने र पोहोर समाप्त भइसकेको, निष्प्रभावी निस्क्रिय भइसकेको अस्तित्वमा नरहेको त्यस्तो ऐन अहिले यो विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ भनेर मन्त्रीपरिषद्ले राष्ट्रपति कहाँ विधेयक प्रमाणीकरण गर्न पठाउँदैन, सभामुखले पठाउँछ । अहिलेको संसदलाई थाहा छैन, उपसभामुखलाई थाहा छैन, अहिलेको संसदलाई थाहा छैन । तर मन्त्रीपरिषद्बाट विधयेक प्रमाणीकरण गरी पाउँ भनेर यस्तो असंवैधानिक रुपमा भयो, दुनियाँमा कतै हुँदैन यस्तो जो नेपालमा भयो । तर सम्माननीय राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि सर्नुभयो । उहाँले सत्ताको पक्ष पोषण गर्नुभयो । सत्ताको पक्ष लिनका लागि राष्ट्रपतिले संविधान मिच्नुभयो ।’

    अध्यक्ष ओलीले बालुवाटार, शीतलनिवास लगायतका अनियमतताका घटनाहरुको सत्यतथ्य छानबिन गर्न एमाले तयार रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend