logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • साहित्यकार समीरले ल्याए एकैसाथ दुई कृति

    साहित्यकार समीरले ल्याए एकैसाथ दुई कृति

    1.8K
    Shares
    साहित्यकार समीरले ल्याए एकैसाथ दुई कृति

    काठमाडौं । स्रष्टा समीर नेपालका उपन्यास र यात्राकथा गरी दुई कृति आज विमोचित गरिएको छ ।

    ओरिएन्टल प्रकाशनद्वारा प्रकाशित उपन्यास ‘वर्षका बिहानीहरू’ र यात्राकथा ‘नबिर्सने यात्रा’ साहित्यकारद्वय मेघराज शर्मा ‘मञ्जुल’ र एसपी कोइरालाले विमोचन गरे। भोजपुरको पोखरेमा आजकै दिन जन्मिएर पठित परिवारमा हुर्किएका समीरका दुई दाजु मञ्जुल र प्रदीप नेपाल साहित्यिक क्षेत्रमा स्थापित भइसकेका छन् ।

    कार्यक्रममा समीक्षक डा गीता त्रिपाठीले दुवै कृतिले उनको साहित्यिक व्यक्तित्व खुलाएको टिप्पणी गर्दै पछिल्लो समयमा नियात्रा विधा लोकप्रिय भएको सन्दर्भमा ‘नबिर्सने यात्रा’को महत्त्व झन् बढेको बताइन् ।

    लामो समयदेखि सामाजिक तथा मानवअधिकारका क्षेत्र हुँदै हाल राजनीतिमा सक्रिय स्रष्टा नेपालले साहित्यिक वातावरण घरमै मिलेकाले आफूलाई लेख्न समस्या नभएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend