logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • १४ वुँदे आन्तरिक प्रतिवद्धता सहित कांग्रेस जिल्ला सभापतिहरुको केन्द्रीय भेला सम्पन्न

    १४ वुँदे आन्तरिक प्रतिवद्धता सहित कांग्रेस जिल्ला सभापतिहरुको केन्द्रीय भेला सम्पन्न

    2K
    Shares
    १४ वुँदे आन्तरिक प्रतिवद्धता सहित कांग्रेस जिल्ला सभापतिहरुको केन्द्रीय भेला सम्पन्न

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा असार २१ गतेदेखि शुरु भएको जिल्ला सभापतिहरुको दुई दिने बैठक १४ वुँदे आन्तरिक प्रतिवद्धता पारित गर्दै आज (शुक्रवार) सम्पन्न भएको छ ।

    आजको बैठकमा जिल्ला सभापतिहरु योगेन्द्र पञ्जियार (धनुषा), रुपनारायण जवेगु (पाँचथर), दिनेश राई (धनकुटा), विष्णुकुमार राई (खोटाङ), किशोरदत्त बराल (कास्की), केदार भण्डारी (सुनसरी), राजेश्वर खनाल (चितवन), केशबहादुर विष्ट (सल्यान), नागेश्वर यादव (महोत्तरी), अरुणप्रकाश सिंह राठौर (वर्दिया) र रमेशकुमार महत (नुवाकोट), जिल्ला सभापति कारणवस अनुपस्थित रहेका जिल्लाका हकमा का।वा। सभापति झपेन्द्र गैरे (पाल्पा), उपसभापति बीरबहादुर विष्ट (बैतडी), जिल्ला सचिवहरु बालदीप कँडेल (सुर्खेत), अजय लुइटेल (ओखलढुंगा), केशवराज मिश्र (कैलाली), गुप्तनिधि शर्मा (पर्वत), माधवप्रसाद ढकाल (काभ्रे), प्रतिनिधिहरु मुकेश सिंह (बारा) र निर्मला खड्का (भोजपुर्र) ले आ–आफ्नो धारणा राखेका थिए ।

    बैठकको अन्त्यमा, पार्टीका महामन्त्रीद्वय– गगनकुमार थापा र विश्वप्रकाश शर्माले बैठकबाट आएका सुझावहरुलाई पार्टी तहमा छलफल गरी आवश्यकता अनुसार आगामी केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend