शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

चाँडै राजगद्दीमा देख्न पाईयोस भन्दै पूर्वराजा शाहलाई रविन्द्र मिश्रले दिए शुभकामना

चाँडै राजगद्दीमा देख्न पाईयोस भन्दै पूर्वराजा शाहलाई रविन्द्र मिश्रले दिए शुभकामना

काठमाडौं। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई छिटोभन्दा छिटो राजगद्दीमा देख्न पाईयोस भनेर शुभकामना व्यक्त गरेका छन्।

पूर्वराजा शाहको ७७औं जन्मदिनको अवसरमा शुभकामना सन्देश सामाजिक सञ्जाल गर्दै मिश्रले यस्तो अपेक्षा लिएका छन् ।

उनले राजा, राजनीतिक दल र जनताले आ–आफ्नो ठाउँबाट जानेर, नजानेर गरेको गल्तीका लागि एकआपसलाई माफी दिँदै नवीन समझदारीमा नपुग्ने हो भने यो देशले धेरै ठूलो मूल्य चुकाउन बाँकी नै रहेको पनि खतरा औंल्याए ।

उनले फेशबुकमा भनेका छन् – ‘छिटोभन्दा छिटो राजगद्दीमा देख्न पाइयोस् !

– देश संकटउन्मुख ‘छैन’ भनेर हजार तर्क गर्नेका सन्तान ९अपवाद बाहेक० कोही नेपाल बस्नेवाला छैनन्।
– मलाई मरिमेटेर ‘दास’ भन्नेहरू (अपवाद बाहेक) मौका पाए कोही नेपाल बस्नेवाला छैनन्।

– मैले गरेको राजसंस्थाको वकालत मेरा लागि होइन। भगवान दाहिने भए यो माटोमा म त अर्को २०/२५ वर्ष बाचौँला। तर यो माटोमा ५०/६०/७० वर्ष जीवन बिताउनु पर्ने हामीभन्दा मुनीका पुस्ताहरू छन्। तिनको लागि यो देश दिनप्रतिदिन बस्न अयोग्य भएर गइरहेछ। मैले गरेको राजनीति तिनका लागि हो। चुनाव हारेँ, त्यो भिन्दै कुरा हो।

– राजा, राजनीतिक दल र जनताले आ-आफ्नो ठाउँबाट जानेर, नजानेर गरेको गल्तीका लागि एक-आपसलाई माफी दिँदै ‘नवीन समझदारी’ मा नपुग्ने हो भने यो देशले धेरै ठूलो मूल्य चुकाउन बाँकी नै छ।

– त्यो ‘नवीन समझदारी’ को दिन आउनेछ। त्यसैले जन्मदिनको अवसरमा यहाँको — यहाँ व्यक्तिका लागि मात्र होइन — यो देशका लागि पनि, सुस्वास्थ्य र दीर्घायुको लाख–लाख कामना गर्दछु१ देश ‘नवीन समझदारी’ मा पुगेको छिटै देख्न पाइयोस् भनि प्राथना गर्दछु।’

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend