logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    959
    Shares
    कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुनमान महाशाखाले आज कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । भोलिदेखि भने अधिकांश स्थानमा वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ ।

    मनसुनी रेखा भोलिदेखि सरदर स्थानबाट उत्तरतर्फ सर्ने भएकाले भोलिदेखि नेपालका धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको महाशाखाकी मौसमविद बिनु महर्जनले बताइन् ।

    अहिले मनसुनी रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ छ र त्यो उत्तरतिर सर्ने क्रम जारी रहेको छ। मौसमविद महर्जनका अनुसार मनसुनी रेखाको सरदर स्थान भन्नाले भारतको दिल्ली, कलकत्ताको आकाशको क्षेत्रलाई मानिन्छ। उक्त रेखा उत्तरतर्फ सर्दै आयो भने नेपालमा अधिक पानी पर्ने हुन्छ ।

    ‘भोलिदेखि मनसुनी रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सर्ने भएकाले एरिया कभरेजका हिसाबले देशका धेरै स्थानमा पानी पर्ने सम्भावना छ । लगातार झरी भने पर्ने छैन, पानी पर्ने ट्रेण्ड हिजो अस्तिकै जस्तो हुनेछ ।’ मौसमविद महर्जनले भनिन् ।

    अहिले भने सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । दिउँसो भने लुम्बिनी र सुदूरपश्चिमका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।

    वर्षाको समयमा बाढी, पहिरोको जोखिम हुने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

    ‘सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ,’ महाशाखाको बुलेटिनमा बताइएको छ, ‘तसर्थ हावा हुरी भारी वर्षा, मेघ गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend