काठमाडौं । आज संघीय संसदअन्तर्गका दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। शुक्रवार बस्ने भनिएको बैठक सूचना टाँसेर आजका लागि सारिएको जनाइएको थियो। दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ।
यस्तै, राष्ट्रियसभाको बैठक पनि आज बस्दैछ। बिहान साढे ११ बजे बोलाइएको बैठकमा बिनियोजन विधेयक २०८० का विभिन्न शीर्षकमाथि मन्त्रालययत रुपम छलफल हुने सम्भावित कार्यसूची रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरदार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको भनि दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले संघीय संसदको दुवै सदन अवरुद्ध पार्दै आएको छ।
जसले गर्दा संसद संचालन हुन सकेको छैन। प्रधानमन्त्री प्रचण्डले आफूले बोलेको अभिव्यक्तिबारे स्पष्टीकरण दिने बताए पनि एमालेले उनको राजीनामाको माग राख्दै लगातार सदन अवरुद्ध गर्दै आएको छ। सत्ता पक्ष र विपक्षीबीच अहिलेसम्म कुनै सहमति जुटि नसकेकाले आज पनि संसद चल्छ कि चल्दैन भन्ने एकिन भने गर्न मुस्किल छ ।
प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक २०८०’ टेबुल गर्ने कार्यतालिका रहेको छ। यस्तै, कानुन मन्त्री धनराज गुरुङले ‘नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०,’ ‘मुलुकी संहिता सम्बन्धफ केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० माथिको दफावार छफलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
‘नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’ मा प्राप्त संशोधनहरुलाई आजकै बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने कार्य सूची रहेको छ । आजै शो विधेयकलाई पारित गर्न गुरुङले प्रस्ताव राख्ने छन् ।