logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • दिवंगत गायक रविन तामाङलाई राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली

    दिवंगत गायक रविन तामाङलाई राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली

    4.1K
    Shares
    दिवंगत गायक रविन तामाङलाई राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली

    काठमाडौं । चर्चित गायक तथा अभिनेता रविन तामाङप्रति मन्त्री, नेता, शुभेच्छुक र कलाकर्मीले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल संगीत तथा नाट्य एकेडेमीमा राखिएको दिवंगत तामाङको पार्थिव शरीरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय झण्डा ओढाएर सम्मान र श्रद्धा व्यक्त गरे। श्रद्धाञ्जली कार्यक्रममा उपस्थित अन्य कलाकर्मीहरुले फूलमाला चढाएर तामाङप्रति श्रद्धासुमन प्रकट गरे ।

    मन्त्री किराँतीले मन्त्री किराँतीले श्रष्टाहरुको निधनपछि श्रद्धाञ्जलीका लागि राख्ने व्यवस्थित ठाउँ समेत नभएको उल्लेख गर्दै आफ्नै कार्यकालमा व्यवस्थित भवन निर्माण गर्ने बताए ।

    सोही कार्यक्रममा सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कलाक्षेत्रले उज्ज्वल नक्षत्र गुमाएको भन्दै सरकारको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली दिइन् ।

    त्यस्तै, नेपाली कांग्रेस महामन्त्री गगन थापाले तामाङ समकालीन पुस्ताको लोकप्रिय गायक रहेका बताउँदै उनलाई गुमाउनुपर्दा दुःखी तुल्याएको बताए ।

    गायक तामाङको सम्मानमा उनका दुई चर्चित गीतहरु केटाकेटी र गुलाबको गाएर ट्रिब्यूट गरिएको थियो । बिहानैदेखि श्रद्धाञ्जली दिनका लागि उनका फ्यान र कलाकर्मी नक्सालस्थित एकेडेमीको परिसर भरिभराउ भएको थियो । संगीतकार चेतन सापकोटाले संगीतकार संघ र एकेडेमीको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम गरिएको जानकारी दिए ।

    तामाङको पार्थिव शरीरलाई आजै शोभा भगवतीमा अन्तिम संस्कार गर्ने तयारी छ ।

    गएको मंगलबार तामाङ बुढानिलकण्ठस्थित आफ्नै निवासमा मृतअवस्थामा फेला परेका थिए । नेपाली रक जनराको संगीतको क्षेत्रमा उनको योगदान महत्वपूर्ण रहेको मानिन्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend