logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • सृष्टिलाई ‘मिस स्टार युनिभर्स नेपाल २०२३’ को ताज

    सृष्टिलाई ‘मिस स्टार युनिभर्स नेपाल २०२३’ को ताज

    2.1K
    Shares
    सृष्टिलाई ‘मिस स्टार युनिभर्स नेपाल २०२३’ को ताज

    काठमाडौँ । दुबईमा आयोजना गरिएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस स्टार युनिभर्स २०२३’ को शीर्ष उपाधि सृष्टि महर्जनले हात पारेकी छिन्। १९ देशका प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि जितेकी हुन् ।

    २२ वर्षीया महर्जनले प्रतियोगितामा शीर्षसहित ‘मिस गर्जियस’ र ‘मिस प्राइड अफ स्टार युनिभर्स’को उपाधि समेत हासिल गरेकी छिन् । ‘मिस स्टार युनिभर्स २०२३’ शीर्ष विजेता बन्दा निकै खुसी लागेको र देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन आफूलाई सफलता मिलेकोमा गौरवको अनुभूति भएको महर्जनले बताइन् ।

    ‘उपाधि जित्ने लक्ष्यसहित म सहभागी भएको थिए । तयारी पनि त्यस्तै थियो । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै गर्दा नभर्स पनि थिए । अन्ततः सफलता प्राप्त भयो ।’ उनले भनिन् ।

    ‘इन्डो इन्टरनेशनल फेसन कार्निभल एन्ड अवार्ड २०२३’ अन्तर्गत आयोजित ‘मिस स्टार युनिभर्स २०२३’मा उनलाई ग्रिनआर्ट मिडियाले ‘मिस स्टार युनिभर्स नेपाल २०२३’ ताज सहित पठाएको थियो ।

    सोही प्रतियोगिताअन्तर्गत ‘मिसेस स्टार युनिभर्स २०२३’ तर्फ नेपाली जोया बुढाथोकी सहभागी थिइन् । उनले भने प्रतियोगितामा ‘मिसेस ब्युटिफुल बडी’को उपाधि हात लगाइन् ।

    कार्यक्रममा अवार्ड तर्फ सहभागी फेसन मेकअप आर्टिस रश्मि श्रेष्ठ र व्यवसायी परिन्दा श्रेष्ठ ‘परी’ले आआफ्नो विधामा अवार्ड लिन सफल भए ।

    होटल ब्रिस्टल दुआबीमा आयोजित कार्यक्रममा डा. बु .अब्दुला, बलिउड सेलिब्रेटी आफताब शिवदासानी लगायतले विजेतालाई ताज लगाएर सम्मान गरेका थिए ।

    प्रतियोगिताको निर्णायकमा अनिला श्रेष्ठ (मिसेस युनिभर्स नेपाल २०१९), सुधा एक (वनर सुधा भेन्चर्स), इशा पफरहा कुरैशी, हनिफ शेख, अरविन्द लिम्बावली लगायत थिए ।

    विजेतापछि नेपाल फर्किएका सबैलाई शनिबार नेपालमा स्वागत गर्दै ग्रिनआर्ट मिडियाका सिइयो प्रविन लाकौल, ग्रीन आर्ट मिडियाकी प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठले बधाई तथा थप सफलताका लागि शुभकामना ज्ञापन गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend