logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • हिउँदे अधिवेशन नयाँ संसद भवनबाटै शुरु गर्नेगरी निर्माण कार्य अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

    हिउँदे अधिवेशन नयाँ संसद भवनबाटै शुरु गर्नेगरी निर्माण कार्य अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

    1.5K
    Shares
    हिउँदे अधिवेशन नयाँ संसद भवनबाटै शुरु गर्नेगरी निर्माण कार्य अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले हिउँदे अधिवेशन नयाँ भवनबाटै सञ्चालन गर्नेगरी नयाँ संसद भवन निर्माण कार्य अघि बढाउन निर्देशन दिएका छन् ।

    सोमवार निर्माणाधिन संसद भवनको अवलोकन गर्दै प्रधानमन्त्री दाहालले सकेसम्म हिउँदे अधिवेशन नयाँ संसद भवनबाट नै गर्नेगरी निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

    सिंहदरबारस्थित संघीय संसद भवनको निर्माण कार्यलाई युद्धस्तरमा अगाडी बढाउनसने हिउँदे अधिवेशनदेखि नयाँ संसद भवनबाटै संसदीय गतिविधि अघि बढाउन आग्रह गरे ।

    उनले संसदको हिउँदे अधिवेशन नयाँ भवनबाटै गर्न सकियोस् भन्ने सरकारको लक्ष्य रहेको भन्दै सोही अनुरुप कामको गति बढाउनुपर्ने बताए । उनले संसद भवन आधुनिक र सुविधा सम्पन्न बन्नु देशको गौरवको कुरा भएको बताए । भवन निर्माणमा कुनै पनि गलत कुरामा सम्झौता नगर्न पनि उनले आग्रह गरे । उनले भवन निर्माणका क्रममा आइपर्ने समस्याहरुको समाधान गर्न सरकारको सहयोग हुने बताए ।

    उनले भने– ‘आधारभुत कामहरु सकिएको देखेँ मैले । अब झन्डै झन्डै फिनिसिङतिर जाने कामहरु र माथि छाना हाल्ने कामहरु नै मुख्य रुपमा बाँकी भएको देखियो । अहिले समन्वयको आधारमा काम भइराखेको र यसलाई तिब्र गतिमा सम्पन्न गरेर सकेसम्म संसदको हिउँदे अधिवेशन यहीँ गर्न सकियोस् । मिसन भनेपनि टार्गेट भनेपनि त्यही छ । र अहिले जुन गतिमा काम हुन थालेको छ, तपाईहरुको बीचमा जुन समन्वय सुरु भएको छ, शहरी विकास मन्त्रालयको तर्फबाट मन्त्रीजीमा छिटो काम गर्ने, गुणस्तरीय काम गर्ने, राम्रो काम गर्ने एउटा आकांक्षा तिब्र देखिन्छ । मलाई लाग्छ, सचिव, डिजी र तपाई निर्माण व्यवसायी, कर्मचारी र श्रमिक साथीहरुले पनि यो भावनालाई बुझ्नुभएकै छ भन्ने म विश्वास गर्छु । हामी सबैले युद्धस्तरमा काम ग¥यौँ भने तार्गेट समयमा, गुणस्तरीय रुपमा फुलफिल गर्न सकिन्छ । यो देशकै सर्वोच्च प्रतिनिधि संस्थाको भवन र यो आधुनिक र सुविधा सम्पन्न भवन बन्दैछ हाम्रो आफ्नै यो देशकै गौरवको कुरा पनि हो । त्यसकारण यसको निर्माणमा हामी कहीँ कतै गलत कम्परमाइज नगरौँ । र कामलाई तिब्रताका साथ सम्पन्न गरौँ । त्यसको निम्ति तपाईहरुलाई शुभकामना ।’

    त्यसैगरी, शहरी बिकास मन्त्री सिता गुरुङलेले भवन निर्माणको कामलाई चाँडै सम्पन्न गर्नका लागि श्रमिकहरुको संख्या बढाउन निर्माण व्यवसायीहरुलाई आग्रह गरिन् ।

    उनले श्रमिकको संख्या बढाउन आफुले पटक–पटक आग्रह गरेको भन्दै अब भने बढ्नेमा विश्वास व्यक्त गरिन् । उनले कहीँ कतै नितिगत अप्ठ्यारो परेको खण्डमा गाँठो फुकाउनका लागि सरकार तयार रहेको बताए ।

    उनले भनिन्– ‘काम गर्ने हातहरु हुनुुुहुन्छ उहाँहरुको संख्या बढाइदिनुस् अनि रिजल्ट बढाउन सकिन्छ भनेर शुरुदेखि भनेको छु । र आज आइपुग्दाखेरी नि संख्या नबढेको कारणले संख्या बढाइदिनुभयो भने अलि छिटो काम गर्न सकिन्छ । संख्या बढाउने कुरामा तपाईहरुले ध्यान दिनैपर्ने हुन्छ । यस कुरामा सिरियस ध्यान जाओस् ।’

    सरकार, निर्माण व्यवसायी र श्रमिकहरु आपसमा समन्वय गरी भवन निर्माणलाई छिटो सम्पन्न गर्नुपर्नेमा मन्त्री गुरुङले जोड दिइन् । सरकारको उद्देश्य पूरा हुनेगरी काम गर्न उनले निर्माण व्यवसायीहरुलाई निर्देशन समेत दिइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend