मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

व्यवसायी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ

व्यवसायी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने एक जनालाई काठमाडौँबाट पक्राउ गरिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ती व्यक्तिलाई मंगलबार बिहानै महाराजगञ्जबाट पक्राउ गरेको हो ।

सीआईबीका अनुसार ती व्यक्तिले प्रसाईंसँग चन्दा भनेर २० करोड रुपैयाँको माग गरेका थिए ।

प्रसाईंले सो रकम दिन अस्वीकार गरेपछि ती व्यक्तिले प्रसाईंलाई ज्यान मार्ने धम्की दिँदै आइरहेका थिए । यस सम्बन्धमा थप विवरण आउन बाँकी नै रहेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend