logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपालको बजेट दिल्लीबाटै पास हुन लागेको त होइनः विमला राई पौड्याल

    नेपालको बजेट दिल्लीबाटै पास हुन लागेको त होइनः विमला राई पौड्याल

    2.4K
    Shares
    नेपालको बजेट दिल्लीबाटै पास हुन लागेको त होइनः विमला राई पौड्याल

    काठमाडौं । राष्ट्रिय सभा सदस्य डा.विमला राई पौड्यालले आगामी आर्थिक वर्षको बजेट दिल्लीबाटै पास हुन लागेको हो ? भन्दै प्रश्न गरेकी छिन् ।

    मंगलवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री बनाउनका लागि व्यापारीहरु दिल्ली दौडाहामा गएको कुरा उल्लेख गरेको भन्दै बजेट कार्यक्रम पनि त्यतैबाट पास गर्न लागिएको हो भन्दै प्रश्न गरिन् ।

    उनले असमान बजेट आउनुको कारणबारे संसद र जनतालाई जानकारी दिन आग्रह गरिन् । उनले छिमेकी देशसँगको नेपालको सम्बन्ध असमान हुँदै गइरहेको बताइन् ।

    उनले भनिन्, ‘प्रधानमन्त्रीले अस्ति त भनि नै हाल्नुभयो । प्रधानमन्त्री बन्नका लागि व्यापारीहरु दिल्ली दौडमा गएका कुरा आएपनि । बजेट कार्यक्रम पनि हामी त्यतैबाट पास गर्दैछौं की के हो ? परराष्ट्रले सहजीकरण गरिरहेको छ ? नत्र भने किन एकतर्फी हुन्छ बनेट ? हाम्रो छिमेकीसँगको सम्बन्ध असमान हुँदैछ, एकातिर ढल्किँदै छ, विचार गर्नुहोला । असंलग्न परराष्ट्र नीति छोडेका हौँ की समातिएको छ, के भइरहेको छ ? यसमा जवाफ दिनुहोला ।’

    राष्ट्रिय सभा सदस्य राईले असंलग्न परराष्ट्र नीति छोडेको हो भन्दै सरकारसँग जवाफ माग गरिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend