logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ललिता निवास प्रकरणबारे माधव नेपालले भने, ‘बदमासी गर्नेले दण्ड पाउनुपर्छ, सरकारलाई हाम्रो पूर्ण साथ र समर्थन छ’

    ललिता निवास प्रकरणबारे माधव नेपालले भने, ‘बदमासी गर्नेले दण्ड पाउनुपर्छ, सरकारलाई हाम्रो पूर्ण साथ र समर्थन छ’

    2K
    Shares
    ललिता निवास प्रकरणबारे माधव नेपालले भने, ‘बदमासी गर्नेले दण्ड पाउनुपर्छ, सरकारलाई हाम्रो पूर्ण साथ र समर्थन छ’

    पाल्पा । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले बालुवाटारको ललिता निवास जग्गा अनियमतिता प्रकरणमा दोषी जोसुकै भएपनि कारबाही हुनुपर्ने बताएका छन् ।

    नेपाल पत्रकार महासंघ पाल्पा शाखाले मंगलबार बिहान तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले सरकारी जग्गालाई व्यक्तिको नाममा पास गर्नेहरुलाई कानूनी दण्ड दिनुपर्ने बताएका हुन् ।

    आफू प्रधानमन्त्री भएको समयमा ललिता निवासको जग्गा सरकारी हो कि होइन भनेर कानुनसम्मत रुपमा छुट्याएर अघि बढ्ने निर्णय गरेको उल्लेख गर्दै उनले भने, ‘त्यो निर्णय विपरीत अन्य निकायबाट सरकारी जग्गालाई व्यक्तिको भनेर निर्णय गर्छ भने त्यसको जिम्मेवार को हुने हो ? सरकारी जग्गा हिनामिना प्रकरणमा जोसुकैले कसुर गरेको होस्, उसले दण्ड पाउनुपर्छ ।’

    ललिता निवास जग्गा प्रकरणमा नाम आउनेबित्तिकै आत्तिहाल्नुपर्ने अवस्था भएको बताउँदै अध्यक्ष नेपालले अगाडि भने, ‘जुनसुकै तहका मान्छेले बदमासी गर्न सक्छन्, त्यसमा जोडिएको, संलग्न, हिस्सेदार छ वा छैन भन्ने कुरासँग पनि जोडिएको हुन्छ,’ उनले भने ।

    कुनै मानिसलाई निर्णय गरेकै आधारमा दोष लगाउनुभन्दा पनि उसको नियत र त्यसबाट फाइदा लिने गिरोहलाई हेरेर निर्णय गर्नुपर्ने उनको भनाई छ । उनले ललिता निवास मात्रै नभएर नेपाल ट्रष्टका जग्गा लगायतमा समेत आवश्यक छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

    वर्तमान सरकारले भ्रष्टाचारलाई नियन्त्रण गर्ने र दोषीलाई कारबाही गर्ने राम्रो कार्य थालनी गरेकोमा खुसी व्यक्त गर्दै उनले अगाडि थपे, ‘भ्रष्टाचारमा मुछिएका दोषी कोही पनि उम्कनु हुँदैन । म र हाम्रो पार्टी भ्रष्टाचार विरोधी अभियानमा साथ दिन तयार छौं । यो काममा सरकारलाई पूर्ण साथ र समर्थन छ ।’ उनले भने ।

    अहिलेकै सरकार पाँच वर्षसम्म चल्ने उनले बताए । कांग्रेस, माओवादी, समाजवादीसहितका अन्य दलहरुसँगको छलफलबाट सरकारको स्थायित्वको लागि गठबन्धन बनाएर काम गर्ने समझदारी बनेको बताए ।

    सरकारको स्थायित्वका लागि नै समाजवादी मोर्चा निर्माण भएको बताउँदै उनले समाजवादी मोर्चामार्फत विचार मिल्ने पार्टीहरु एकठाउँमा आउँदा कोही पनि त्रसित हुनु नहुने बताए ।

    उनी एकीकृत समाजवादी पाल्पाका अध्यक्ष खिमानन्द पाण्डेय (कमल) को निधनमा परिवारका सदस्यलाई समवेदना प्रकट गर्न पाल्पा पुगेका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend