logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • ओलीको टिप्पणी: अहिलेको सरकार, प्रधानमन्त्री र गृहमन्त्री लडेको राँगो मैले पछारेको

    ओलीको टिप्पणी: अहिलेको सरकार, प्रधानमन्त्री र गृहमन्त्री लडेको राँगो मैले पछारेको

    1.8K
    Shares
    ओलीको टिप्पणी: अहिलेको सरकार, प्रधानमन्त्री र गृहमन्त्री लडेको राँगो मैले पछारेको

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले केही काम गर्न नसकेर भ्रष्टाचार विरोधी अभियानका नाममा पोलिटिकल स्टन्ट मात्र देखाएको आरोप लगाएका छन् ।

    मंगलवार एमालेको बागमती प्रदेश कमिटी बैठकमा बोल्दै ओलीले भ्रष्टाचारविरोधी काममा सरकारको कुनै पनि योगदान नभएको टिप्पणी गर्दै भने, ‘अहिलेको सरकार, खासगरी प्रधानमन्त्री र गृहमन्त्री, लडेको राँगो मैले पछारेको’ उनले भने ।

    भुटानी शरणार्थी प्रकरणमा १९ जेठ २०७९ मै प्रहरी कहाँ निवेदन दिइएको भनिपनि अहिले सरकारमा भएकाहरुले ढाकछोप गरेको र बाहिरिएपछि अगाडि बढाएको जिकिर गरे । अनुसन्धान नियमित रुपमा अघि बढेको बताउँदै उनले हामीले ग¥यौं भन्नु व्यर्थको ‘पोलिटिकल स्टन्ट मात्र’ भएको उनले दाबी गरे ।

    ‘अहिले पनि कहाँ मुद्दा चलेको छ र ? धर्मस्थलीतिरको केस खोई ? मातातीर्थको केस खोइ ?’ओलीले थपे ।

    एमालेलाई बदनाम बनाउन खोजिए पनि यस्ता कुनै पनि अनियमितता र भ्रष्टाचारमा आफ्नो पार्टीको संलग्नता नरहेको ओलीको भनाई छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend