logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • काठमाडौं उपत्यकालाई व्यवस्थित बनाउन सरकारले उपत्यका गुरु योजना बनाउँदै

    काठमाडौं उपत्यकालाई व्यवस्थित बनाउन सरकारले उपत्यका गुरु योजना बनाउँदै

    2.9K
    Shares
    काठमाडौं उपत्यकालाई व्यवस्थित बनाउन सरकारले उपत्यका गुरु योजना बनाउँदै

    काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले काठमाडौं उपत्यकालाई व्यवस्थित बनाउन सरकारले काठमाडौं उपत्यका गुरु योजना बनाइरहेको बताएकी छिन् ।

    सोमवार जिल्ला समन्वय समिति ललितपुरको सातौं जिल्ला सभामा बोल्दै मन्त्री गुरुङले यस्तो बताएकी हुन् ।

    उनले काठमाडौं उपत्यका घरै–घरको मात्रै शहर भएको बताइन् । उनले राज्यको स्पष्ट शहरको स्वरुप बनाउने नीति बनाएर कार्यान्वयन हुन नसक्दा काठमाडौ उपत्यकामा घरै मात्रै भएको बताइन् ।

    मन्त्री गुरुङले काठमाडौं उपत्यकामा ठूलो शहर नभएको,गाडी पार्किङ गर्ने ठाउँ अभाव, खानेपानी,साना–साना पार्क र फुटपाथकेही पनि नभएर धेरै घरहरु भएको शहरका रुपमा स्थापित भएको बताइन् ।

    उनले यसरी बनेका घरहरु राज्यले शहर व्यवस्थित बनाउने भनेर मात्रै पनि भत्काउन सक्ने अवस्था नभएको बताइन् । उनले सरकारले बनाएको गुरु योजनाले सहरलाई थप व्यवस्थित र भएका बेथिति हटाउन सकिने बताइन् ।

    उनले काठमाडौं उपत्यकाबाट बग्ने वागमती नदी र त्यसका साहयक नदीहरुको सरसफाई र त्योसँग जोडिएका मठ मन्दिर पुरातात्विक सांस्कृतिक वस्तुहरुलाई संरक्षण गरी पर्यटन विकास गर्नेगरी सरकार लागि रहेको बताइन् ।

    उनले काठमाडौं उपत्यकालाई स्वच्छ र सफा शहर बनाउने कार्यको थालनी पनि गरेको बताइन् । उनले शहर व्यवस्थित बनाउनका निम्ति मुख्य गरी अव्यवस्थित र सुकुम्वासी बस्ति हटाउनुपर्ने बताइन् । उनले सरकारलाई अव्यवस्थित र सुकुम्वासी बस्ति हटाउन धेरै गाह्रो भएको बताइन् ।

    उनले भनिन्, ‘राज्यले नीतिगत रुपमा शहरको स्वरुप यस्तो हुनुपर्छ भनेर कार्यान्वयन गर्न नसक्दा काठमाडौं उपत्यकामा घरै मात्रै भएको अवस्था छ । ठूलो शहर पनि छैन । गाडी पार्किङ गर्ने ठाउँ पनि छैन । खानेपानी,साना–साना पार्क र फुटपाथकेही पनि छैन । धेरै घरहरु भएको शहर भएको छ । शहरलाई कसरी व्यवस्थित बनाउने भनेर सबै भत्काउन सकिने अवस्था छ्रैन । तर पनि व्यवस्थित बनाउने दृष्टिकोणका साथ सरकारले अहिले काठमाडौं उपत्यकाको मास्टर पलान (गुरु योजना)बनाएर अगाडि बढाउने हिसावले काम गरिरहेका छौं । सबै स्थानीय तहहरुले सुझाव दिन अनुरोध गर्छु । यस्तो योजना बनाएर काम गर्दा भइरहेको संरचना र व्यथितिलाई रोक्न सकिन्छ । काठमाडौं उपत्यकाबाट बग्ने वागमती नदी र त्यसका साहयक नदिहरुको सरसफाई र त्योसँग जोडिएका मठ मन्दिर पुरातात्विक सांस्कृतिक वस्तुहरुलाई संरक्षण गरी पर्यटन विकास गर्न सकिन्छ भन्ने विषयमा सरकार लागेको छ । त्यस्तै कसरी स्वच्छ र सफा शहर बनाउने विषयमा काम थलनी गरेका छौं । त्यो कामलाई पूर्णता दिनको निम्ति मुख्य गरी अव्यवस्थित र सुकुम्वासी बस्ति हटाउन सरकारलाई धेरै गाह्रो भएको छ । यदी सरकारले नदिन किनारको अव्यवस्थित र सुकुम्वासी बस्ति हटाउन सक्यौं भने ती कामहरु गर्न सजिलो हुन्छ । यसमा स्थानीय सरकार,जिल्ला समन्वय र सांसदहरुको सहयोग आवश्यक पर्छ । शहरको फोहोरमैला व्यवस्थापन स्थानीय सरकारको मातहतमा छ । शहरहरुमा अहिले जटिल समस्या भनेको फोहोरमैला व्यवस्थापन भएको छ । काठमाडौं महानगर र सहरी विकास मन्त्रालयले फोहोर उठाएन भनेर हामीले दीर्घकालिन समाधान दिन सक्दैनौं । स्थानीय सरकार नै फोहोर व्यवस्थापनमा लाग्नु पर्ने अवस्था छ । सरकारले काठमाडौं उपत्यकाको फोहोर दीर्घकालिन व्यवस्थापन कसरी गर्ने भन्ने उपाय खोजे पनि अधिकार स्थानीय सरकारको रहेको छ । ललितपुर जिल्ला भित्रका स्थानीय तहहरुले छुट्टै आफ्नै फोहोर व्यवस्थापन गर्न सक्नुपर्छ ।’

    उनले खोला किनारका अव्यवस्थित र सुकुम्वासी स्थानीय सरकार,जिल्ला समन्वय र सांसदहरुको सहयोग आवश्यक पर्ने बताइन् । उनले शहरको फोहोरमैला व्यवस्थापन स्थानीय सरकारको मातहत रहेको भन्दै शहरहरुमा अहिले जटिल समस्या भनेको फोहोरमैला व्यवस्थापन भएको बताइन् ।

    उनले काठमाडौं महानगर र शहरी विकास मन्त्रालयले फोहोर उठाएन भनेर दीर्घकालिन समाधान दिन नसकिने भन्दै स्थानीय सरकार नै फोहोर व्यवस्थापनमा लाग्नुपर्ने बताइन् । उनले ललितपुर जिल्ला भित्रका स्थानीय तहहरुले छुट्टै आफ्नै फोहोर व्यवस्थापन गर्न सक्नुपर्ने बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend