logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्दै माओवादी केन्द्रले भन्यो– पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति

    सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्दै माओवादी केन्द्रले भन्यो– पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति

    1.4K
    Shares
    सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्दै माओवादी केन्द्रले भन्यो– पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पत्नी सीता दाहालको निधनले पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति पुगेको बताएको छ ।

    महासचिव देवप्रसाद गुरुङले शोक वक्तव्य मार्फत दाहालको निधनले अपुरणीय क्षति पुगेको बताएका छन् । दाहालले नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान दिएको उनले उल्लेख गरेका छन् ।

    ‘सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवं असीमित समपर्ण उहाँका विशेषता हुन् । उहाँ आफ्ना योगदानमार्फत चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनुहुनेछ ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    No description available.


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend