logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा कारोबार हुँदैछ ?

    बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा कारोबार हुँदैछ ?

    2.1K
    Shares
    बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा कारोबार हुँदैछ ?

    काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    हिजो मंगलबार सुनको मूल्य स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ७५० रुपैयाँमा किनबेच भएको थियो ।

    आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कारोबार भइरहेको छ । हिजो भाउ स्थिर रहँदै तोलाको १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend