logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • गरीखान देऊ भन्दै काठमाडौं महानगरपालिका कार्यालय अगाडि विरोध प्रदर्शन

    गरीखान देऊ भन्दै काठमाडौं महानगरपालिका कार्यालय अगाडि विरोध प्रदर्शन

    1.3K
    Shares
    गरीखान देऊ भन्दै काठमाडौं महानगरपालिका कार्यालय अगाडि विरोध प्रदर्शन

    काठमाडौं । काठमाडौं महानगरपालिका हाताभित्र सञ्चालन गरिएका साना व्यापारी र व्यवसायीहरुले गरीखाने वातावरण बनाउन माग गर्दै महानगर कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् ।

    सुन्धारास्थित महानगरपालिका कार्यालय अगाडि आज बिहान भेला उनीहरुले गरीखान देऊ लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

    मेयर बालेन शाहको निर्देशनमा नगरप्रहरीहरु ठेलागाढा, साइकल र पुटपाथमा व्यापार गर्नेहरुमाथि निर्मम ढंगले प्रस्तुत हुँदै आएका छन् । उनीहरुलाई नियन्त्रणमा लिने नाममा नगरप्रहरीहरुले लछारपछार गर्ने र सामानमा क्षति पुर्याइदिने गरेको गुनासो व्यापारीहरुले गरेका छन् ।

    महानगरको यस्तो शैलीबाट दैनिक गुजारा चलाउन समेत कठिनाई भएको बताउँदै उनीहरु आज बिहान महानगरपालिका कार्यालय अगाडि भेला भएर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्ने गीत पनि गाएका थिए ।

    काठमाडौं सम्भ्रान्त वर्गको लागि मात्रै व्यवहार गरिएको भन्दै यो शहर कसको लागि हो भनेर समेत प्रश्न गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend