logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सीता दाहालको निधनप्रति ओलीद्वारा दुःख व्यक्त

    सीता दाहालको निधनप्रति ओलीद्वारा दुःख व्यक्त

    3.2K
    Shares
    सीता दाहालको निधनप्रति ओलीद्वारा दुःख व्यक्त

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

    अध्यक्ष ओलीले आज एक ट्वीट गर्दै दाहालको निधनको खबरले आफू अत्यन्तै दुःखी भएको जनाएका हुन् । उनले दिवङ्गत दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहेका प्रधानमन्त्री दाहाललगायत शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

    नर्भिक अन्तर्राष्ट्रिय अस्पताल उपचारका क्रममा आज (बुधवार) विहान ८ः३३ बजे दाहालको निधन भएको थियो । दिवंगत सीताको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend