logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • पशुपतिमा राजकीय सम्मानसहित सीता दाहालको अन्त्येष्टि, प्रचण्डसहित दुई छोरीले दिए दागबत्ती

    पशुपतिमा राजकीय सम्मानसहित सीता दाहालको अन्त्येष्टि, प्रचण्डसहित दुई छोरीले दिए दागबत्ती

    3K
    Shares
    पशुपतिमा राजकीय सम्मानसहित सीता दाहालको अन्त्येष्टि, प्रचण्डसहित दुई छोरीले दिए दागबत्ती

    काठमाडौं । प्रधानमन्त्री पत्नी सीता दाहालको राजकीय सम्मानसहित पशुपतिनाथ आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

    उनलाई श्रीमान् पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका छन् । सीताको आज (बुधबार) बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

    अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजानुअघि उनको शवलाई नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिएको थियो । त्यहाँ विभिन्न राजनीतिक दलका नेता एवं शुभचिन्तकहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

    यसैगरी विभिन्न दलका शीर्ष नेताहरूले पशुपति आर्यघाटमा पुगेर पनि सीताप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

    सीताको निधन भएपछि बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले राजकीय सम्मानसहित उनको अन्त्येष्टी गर्ने निर्णय गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend