logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • हवाई सुरक्षाका लागि क्यानले लगायो मनसुन अवधिभर माउन्टेन फ्लाइटमा प्रतिबन्ध

    हवाई सुरक्षाका लागि क्यानले लगायो मनसुन अवधिभर माउन्टेन फ्लाइटमा प्रतिबन्ध

    1.2K
    Shares
    हवाई सुरक्षाका लागि क्यानले लगायो मनसुन अवधिभर माउन्टेन फ्लाइटमा प्रतिबन्ध

    काठमाडौं। नागरिक उड्ययन प्राधिकरणले माउन्टेन फ्लाइट (हिमाली उडान) मा रोक लगाउने निर्णय गरेको छ ।

    मनाङ एयरको हेलिकप्टर दुर्घटना पछि हेलिकप्टरहरुको उडानमा कडाइ गर्दै बुधबार सूचनामार्फत क्यानले उद्धार उडानलगायत हेलिकप्टर सञ्चालनका लागि अनुमति जारी गर्ने तर मनसुन अवधिमा माउन्टेन फ्लाइट (हिमाली उडान) मा रोक लगाउने निर्णय गरिएको जनाएको छ ।

    साथै हेलिकप्टरबाट पुष्पवृष्टि जस्ता गैरअत्यावश्यक उडानहरू पनि सेप्टेम्बरसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ । कम्पनीमा शेयर भएका उडान चालक दलले सबै प्रकारका व्यावसायिक उडानहरूको लागि इजाजतपत्रको विशेषाधिकार प्रयोग गर्न नपाउने पनि क्यानले अर्को निर्णय लिएको छ ।

    सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा पाइलटसहित पाँच यात्रुको मृत्यु भएपछि प्राधिकरणले हवाई सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय लिएको बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend