logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • निक्षेपको ब्याजदरमा भद्र सहमति खारेज, अब बैंकहरुले आफैं ब्याजदर निर्धारण गर्न सक्ने

    निक्षेपको ब्याजदरमा भद्र सहमति खारेज, अब बैंकहरुले आफैं ब्याजदर निर्धारण गर्न सक्ने

    2.4K
    Shares
    निक्षेपको ब्याजदरमा भद्र सहमति खारेज, अब बैंकहरुले आफैं ब्याजदर निर्धारण गर्न सक्ने

    काठमाडौं । नेपाल बैंकर्स संघले निक्षेपको ब्यादरमा गरिएको भद्र सहमति हटाउने निर्णय लिएको छ ।

    आज (बिहीबार) बिहान बसेको संघको बैठकले निक्षेपको ब्याजरमा भद्र सहमतिको नाममा हुँदै आएको कार्टेलिङ खारेजी गर्दै बैंकहरु आफैँले ब्याजदर निर्धारण गर्न सक्ने निर्णय भएको संघका अध्यक्ष सुनिल केसीले जनाकारी दिए ।

    साउन १ गतेदेखि लागु हुने निक्षेपको ब्याजदरआफु अनुकूल बैंकरले तय गर्न सक्ने भएका छन् । भद्र सहमति हटाइएपनि राष्ट्र बैंकको निर्देशनबमोजिम बैंकहरुले निक्षेपको ब्याजदर घटाउन अथवा बढाउन सक्नेछन् । राष्ट्रबैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम् ब्याजदरको १० प्रतिशत सीमाभित्र रहेर थपघट गर्न सक्ने प्राबधान गरेको छ ।

    अहिले सबै वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९.९९ प्रतिशत ब्याजदर दिदै आएको ९.९९ प्रतिशत औसत ब्याजदरको १० प्रतिशत सीमाभित्र रहेर बैंकहरुले १ साउनदेखि लागु हुने निक्षेपको ब्याजदर निर्धारण गर्न सक्नेछन् ।

    बैंकहरुले निक्षेपको ब्याजदर घटाएमा झण्डै ९ प्रतिशतसम्म झर्न सक्छ भने बढाएमा करिब ११ प्रतिशतसम्म पुग्न सक्ने देखिन्छ। संस्थागत मुद्दति निक्षेपमा व्यक्तिगत मुद्दति निक्षेपको भन्दा २ प्रतिशत बिन्दुले ब्याजदर कम गर्नुपर्छ भने व्यक्तिगत मुद्दतिको अधिकतम ब्याजदर र बचतको न्युनतम ब्याजदर बीचको अन्तर ५ प्रतिशत भन्दा बढी हुन नहुने निर्देशन राष्ट्र बैंकले दिएको छ ।

    बैंकहरुसँग अहिले करिब १ खर्ब अधिक तरलताको अवस्था रहेको छ भने लगानीयोग्य फण्ड झण्डै ४ खर्ब रहेको छ । यस्तो अवस्थामा तत्काल कर्जाको माग बढ्ने अवस्था नहुँदा बैंकहरु निक्षेपको ब्याजदर घटाउने पक्षमा रहेका छन् । अब भद्र सहमति कायम गरेर ब्याजदरमा कार्टेलिङ गर्नु भन्दा पनि बजार विश्लेषण गरेर ब्याजदर निर्धारण गर्ने जिम्मा बैंकहरुलाई नै छोड्ने निर्णय बैंकर संघले गरेको बताइएको छ ।

    तर अहिले स्थानिय तहको सञ्चित कोषमा रहेको रकमको ८० प्रतिशत निक्षेपको रुपमा गणना गर्दै आएकोमा बैंकहरुले आगामी १ साउनबाट भने ५० प्रतिशत मात्रै निक्षेपमा गणना गर्न सक्नेछन् । यसले तरलतामा केही कमी आउनेछ । तर, अहिले देखिएको अधिकतम तरलता स्थानिय तहको सञ्चित कोषमा रहको ५० प्रतिशत मात्रै निक्षेप गणना गर्दा पनि कुनै प्रभाव नपर्ने कतिपयको बुझाई छ ।

    २६ असारमा बैंकहरुको कुल निक्षेप ५७ खर्ब ३६ अर्ब रुपैयाँ पुग्दा औसत कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ८१.६९ प्रतिशतमा खस्किएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend