logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • नगर प्रहरी र व्यापारीबीच झडप

    नगर प्रहरी र व्यापारीबीच झडप

    6.6K
    Shares
    नगर प्रहरी र व्यापारीबीच झडप

    बारा । कलैया बजार व्यवस्थित गर्न खटिएका नगर प्रहरी र व्यापारीहरुबीच झड्प हुँदा एक नगर प्रहरी गम्भीर घाइते भएका छन् ।

    कलैया हाट बजारमा व्यापारीले नगरपालिकाले उपलब्ध गराएको ठाउँमा व्यापार नगरी सडक पेटीमा सामान राखी व्यापार गर्दा सर्वसधारणलाई हिँडडुल गर्न समस्या हुन थालेपछि कलैया उपमहानगरपालिकाले पसल हटाउन नगर प्रहरी खटाएको थियो ।

    अवरोध हटाउन नगर प्रहरीले काम थालनी गर्न थालेपछि व्यापारीले अवरोध सिर्जना गर्न खोज्दा व्यापारी र नगर प्रहरीबीच झड्प भएको थियो । व्यापारीको कुटाइबाट नगर प्रहरी उज्वल यादव गम्भीर घाइते भएको नगरप्रमुख विनोद साहले जानकारी दिए।

    यादवलाई तत्कालै प्रदेशिक अस्पताल कलैया लगिएकामा त्यहाँ उपचार हुन नसक्दा थप उपचारका लागि वीरगञ्ज पठाइएको अस्पतालका अहेव प्रदीप यादवले जानकारी दिए । यादवको छातिमा चोट लागेको अस्पताल प्रशासनले जनाएको छ ।

    यसैबीच नगर प्रमुख साहले अस्पताल पुगी घाइते भएका नगर प्रहरीको अवस्था बुझेका छन् । नगरपालिकाको निर्णय कार्यान्वयन गर्न खटिएका नगर प्रहरीमाथि भएको आक्रमणको घोर भत्र्सना गर्दै दोषीलाई कारबाही गराउन कडा कदम चालिने उनले बताए ।

    दुवैपक्ष बीचको झडपमा यादवसहित पाँच नगर प्रहरी घाइते भएका छन् । सोही झडपमा परी करिब एक दर्जन व्यापारी पनि घाइते भएको नेपाल तरकारी फलफूल खुद्रा व्यापारी सङ्घका अध्यक्ष दिपलाल साहले जानकारी दिए ।
    –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend