logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • पशुमा लम्पिस्किन रोगको संक्रमण क्रमशः घट्ने क्रममा छः मन्त्री भुसाल

    पशुमा लम्पिस्किन रोगको संक्रमण क्रमशः घट्ने क्रममा छः मन्त्री भुसाल

    1.5K
    Shares
    पशुमा लम्पिस्किन रोगको संक्रमण क्रमशः घट्ने क्रममा छः मन्त्री भुसाल

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले पशुमा लाग्ने लम्पिस्किन रोग क्रमशः घट्ने क्रममा रहेको बताएका छन् ।
    बिहीवार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री भुसालले देशभर पशुहरुमा देखापरेको लम्पिस्किन रोग घट्ने क्रममा रहेको बताएका हुन् ।

    संक्रमित पशुहरुको मृत्युदर पनि क्रमशः घट्ने क्रममा रहेको उनले बताए । उनले हालसम्म १२ लाख भन्दा बढी मात्रा खोप ल्याइसकिएको र २ लाख ५० हजार ७६६ पशुलाई खोप दिइसकिएको बताए ।

    मन्त्री भुसालले रोग नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहबाट आवश्यक औषधिको आपूर्ति गर्ने व्यवस्था मिलाइएको स्पष्ट पारे । मन्त्रालयमा चालु आर्थिक वर्षमा बचत हुने बजेट रकमान्तर गरी स्थानिय तहमा पठाइएको उनको भनाई छ ।

    उनले भने, ‘लम्पिस्किन रोगबाट हालसम्म ७ लाख ८२ हजार १८४ पशु संक्रमित भएका छन् । संक्रमित मध्ये २८ हजार १ पशुको मृत्यु भएको छ भने ५ लाख २१ हजार ८१४ निको भएका छन् । २ लाख ३२ हजार ३०९ अहिले पनि संक्रमित अवस्थामा रहेका छन् । यस रोगको रोकथामका लागि मन्त्रालयबाट सम्भव भएसम्मका सम्पूर्ण प्रयास गरिएको छ । अहिले हामीले जोर्डन, तान्जनिया र टर्कीबाट भ्याक्सिनहरु आयात गरिरहेका छौँ । हालसम्म १२ लाखभन्दा बढी डोज भ्याक्सिन ल्याइएको छ । असार २६ गतेसम्म २ लाख ५० हजार ७६६ पशुलाई खोप लगाइएको छ । अहिले संक्रमण क्रमशः घट्नेक्रममा छ र मृत्युदर पनि क्रमशः घट्ने क्रममा रहेको सदनलाई जानकारी गराउन चाहान्छु । यस रोगको रोकथाम तथा नियन्त्रणको लागि संघ, प्रदेश र स्थानीय तहबाट आवश्यक औषधिको आपूर्ति गर्ने व्यवस्था मिलाइएको छ । मन्त्रालयमा चालु आर्थिक वर्षमा बचत हुने बजेट रकमान्तर गरी स्थानिय तहमा पठाइएको छ । र साथै विभिन्न विकास साझेदारहरु सँग यस रोगको रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्न आह्वान पनि गरिएको छ ।’

    मन्त्री भुसालले लम्पिस्किन रोगबाट हालसम्म ७ लाख ८२ हजार १८४ पशु संक्रमित भएका बताए । संक्रमित मध्ये २८ हजार १ पशुको मृत्यु भएको र ५ लाख २१ हजार ८१४ निको भएको उनले उल्लेख गरे । त्यस्तै २ लाख ३२ हजार ३०९ पशु अहिले पनि संक्रमित अवस्थामा रहेका उनले जानकारी गराए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend