logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • सरकारले बढाएर ताेक्याे किसानले बिक्री गर्ने धानको न्यूनतम मूल्य

    सरकारले बढाएर ताेक्याे किसानले बिक्री गर्ने धानको न्यूनतम मूल्य

    1.9K
    Shares
    सरकारले बढाएर ताेक्याे किसानले बिक्री गर्ने धानको न्यूनतम मूल्य

    काठमाडौं । सरकारले किसानले बिक्री गर्ने धानको मूल्य बढाउँदै नयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ ।

    मन्त्रिपरिषद्को २६ असारमा बसेको बैठकले कृषि र उद्योग मन्त्रालयको सिफारिसअनुसार मोटा धानको मूल्य ३ हजार १९८ र मध्यम धानको न्यूनतम् समर्थन मूल्य ३ हजार ३६२ रुपैयाँ कायम गरेको हो ।

    नयाँ मूल्यबमोजिम मोटा धान प्रतिक्विन्टलमा ३३० रुपैयाँ र मध्यम धानको मूल्य २३४ रुपैयाँले वृद्धि भएको हो ।

    गत वर्ष सरकारले मोटा धान प्रतिक्विन्टल २ हजार ९६७ र मध्यम धानको प्रतिक्विन्टल मूल्य ३ हजार १२८ रुपैयाँ निर्धारण गरेको थियो ।

    आर्थिक वर्ष २०७८/७९ मा मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७५२ र मध्यम धानको मूल्य प्रतिक्विन्टल २ हजार ९०२ रुपैयाँ थियो । सरकारले गएको वर्ष ढिला गरी कात्तिक १६ गते धानको सर्मथन मूल्य तोकेको थियो ।

    घनश्याम भुसाल कृषि मन्त्री भएपछि पहिलो पटक बाली लगाउनु पूर्व नै बालीको न्यूनतम सर्मथन मूल्य निर्धारण गर्ने कार्यको थालनी गरिएको थियो ।

    अहिले धान रोपाइँ भइरहेकै समयमा निर्धारण गरिएको धानको न्यूनतम मूल्यले किसानलाई लाभ पुग्ने विश्वास गरीएको छ ।

      सम्बन्धित विषय:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend