logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • उपचारका क्रममा बालकको मृत्यु भएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनाव

    उपचारका क्रममा बालकको मृत्यु भएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनाव

    1.9K
    Shares
    उपचारका क्रममा बालकको मृत्यु भएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनाव

    दाङ । जिल्लाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा एक बालकको ज्यान गएपछि तनाव सिर्जना भएको छ । प्रतिष्ठानमा मंगलबार साँझ उपाचारका लागि ल्याइएका घोराही उपमहानगरपालिका–३ का ११ वर्षका आक्रोश नेपालीको निधन भएको थियो ।

    जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले बालकको बिहीबार बिहान भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए। मंगलबार साँझ छारे रोग लागेका बालकलाई राप्ती स्वास्थ्य प्रतिष्ठान घोराहीमा ल्याइएको डीएसपी गौतमले बताए ।

    थप चेकजाँचका लागि उनलाई बुधबार एमआरआई कक्षमा राखिएको थियो । सोही क्रममा एमएआरआई कक्षको ढोका खुल्दा अक्सिजन मेसिनमा ठोक्किन पुगेको प्रहरीले बताएको छ ।

    त्यसपश्चात सिकिस्त हुन पुगेका बालकलाई आईसीयू र भेन्टिलेटरमा राखिएको थियो । बिहीबार बिहानमात्र भेन्टिलेटरमा बालकको ज्यान गएपछि चिकित्सकले दिउँसो मृत घोषणा गरेका थिए ।

    मृतकका आफन्तले घटनापछि दिउँसो नाराबाजी गर्दै प्रतिष्ठान घेराउ गरेका हुन् । आफन्तले भने एमआरआई कक्षमा धातुजन्य वस्तु लैजान नमिल्ने भए पनि अक्सिजनको सिलिण्डर एमआरआई कक्षमा लैजानु डाक्टरले लापरवाही गरेको आरोप लगाएका छन् ।

    प्रतिष्ठानले घटनाबारे केही बोलेको छैन् । यस सन्दर्भ अहिले दुई पक्षबीच बैठक बसिरहेको बताइएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend