logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • आदिकविको २१० औं जन्मजयन्तीकाे अवसरमा पूर्णकदको शालिकमा माल्यार्पण

    आदिकविको २१० औं जन्मजयन्तीकाे अवसरमा पूर्णकदको शालिकमा माल्यार्पण

    2.3K
    Shares
    आदिकविको २१० औं जन्मजयन्तीकाे अवसरमा पूर्णकदको शालिकमा माल्यार्पण

    काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

    सो अवसरमा आज नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेको आदिकवि आचार्यको पूर्णकदको शालिकमा माल्यार्पण गरी उनको स्मरण गरिएको छ । सो अवसरमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पनि पुष्पमाला अर्पण गरी श्रज्ञाञ्जली अर्पण गरेका थिए ।

    सो अवसरमा व्राह्मण बटुकहरुले स्वस्तीवाचनसहित वैदिक मन्त्रोच्चारण आदिकवि आचार्यप्रति श्रद्धाभाव व्यक्त गरेका थिए । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रश्तुत गरेका थिए । लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend