logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • एसीसी पुरुष इमर्जिङ टिम्स कप क्रिकेट

    पाकिस्तानविरुद्धको पहिलो खेलमा १० ओभरमै नेपालले गुमायो ६ विकेट

    पाकिस्तानविरुद्धको पहिलो खेलमा १० ओभरमै नेपालले गुमायो ६ विकेट

    3.1K
    Shares
    पाकिस्तानविरुद्धको पहिलो खेलमा १० ओभरमै नेपालले गुमायो ६ विकेट

    काठमाडौं । एसीसी पुरुष इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तान ‘ए’ विरुद्ध खराब प्रदर्शनको सुरुवात गरेको छ। श्रीलंकाको कोलम्बो क्रिकेट क्लबमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले पहिलो १० ओभरमै ६ विकेट गुमाइसकेको छ ।

    नेपालले पहिलो १० ओभरमै महत्त्वपूर्ण ब्याट्स म्यान गुमाउन पुगेको हो । नेपालले १० ओभरमा ४३ रन मात्रै बनाएको छ ।

    नेपालका लागि ओपनिङ ब्याटर कुशल भुर्तेलले १ रन मात्रै जोडेर आउट भए । यसैगरी, आरिफ शेखले १२ रन जोड्दा अर्जुन साउदले १७ रन बनाए । कप्तान रोहित पौडेल पनि सस्तोमै आउट भए ।

    ४ बलको मुकाबिला गरेका उनी ४ रनमै मैदानबाट फिर्ता भए । भीम सार्की रनमै नजोडिकनै पेभेलियन फर्किए । पवन सर्राफ पनि १ रनमै सीमित भए ।

    पाकिस्तान ‘ए’ का लागि साहनवाज दहनीले ४ र मोहम्मद वासिमले २ विकेट दिलाएका छन् ।

    यस प्रतियोगितामा एसियाली क्षेत्रका भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले युवा खेलाडीलाई प्राथमिकता दिँदै ‘ए’ टोली पठाउने गरेका छन् भने एसोसिएटबाट छनोट भएर आउने राष्ट्रले राष्ट्रिय टोली पठाउँदै आइरहेका छन् ।

    यसअघि अप्रिलमा काठमाडौंमा आयोजित एसीसी प्रिमियर कपमा शीर्ष तीन स्थानमा रहँदै नेपाल, यूएई र ओमान इमर्जिङ टिम्स कपलाई छनोट भएको थियो । तर यूएई र ओमानले पनि अनुभवी खेलाडीलाई आराम दिँदै आफ्नो ‘ए’ टोली छनोट गरेका छन् ।

    पाकिस्तान र श्रीलंकाले ६ सातापछिगर्ने एसिया कपअघि नेपालका लागि यो प्रतियोगिता राम्रो तयारी अभ्यासका रूपमा रहन सक्नेछ । एसीसी प्रिमियर कप जित निकाल्दै नेपाल एसिया कपमा छनोट भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend