logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    1.3K
    Shares
    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्ने भएको छ । कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा सचिवालय बैठक बस्ने पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

    उनका अनुसार बैठक तीन दिनसम्म सञ्चालन हुनेछ । आजको बैठकमा एकवर्षे पार्टी सङ्गठन सुदृढ अभियानको समीक्षा गरिनेछ । यसैगरी कतिपय नेता कार्यकर्ताले पार्टीको जिम्मेवारी छाडेकाले त्यस स्थानमा कसलाई जिम्मेवारी दिने भन्ने विषयमा समेत छलफल हुने उपाध्यक्ष पाण्डेले बताए ।

    पार्टी गठनमा साथ दिएका मुकुन्द न्यौपाने, केदार न्यौपाने, चुडामणि जङ्गलीलगायतले नेकपा (एकीकृत समाजवादी) पार्टी केही समयअघि मात्र छाडेका थिए ।
    –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend