मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

एमाले नेताहरु बालुवाटारमा, दिए प्रचण्डलाई समवेदना

एमाले नेताहरु बालुवाटारमा, दिए प्रचण्डलाई समवेदना

काठमाडौं । पत्नीशोकमा रहेका प्रधानमन्त्री प्रचण्डलाई समवेदना प्रकट गर्न एमाले संसदीय दलको टोली बालुवाटार पुगेको छ ।

आज (शुक्रबार) बिहान प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर समवेदना दिन एमाले संसदीय दल उपनेता सुवास नेम्बाङको नेतृत्वमा प्रतिनिधिसभा र राष्ट्रिय सभा सांसदहरु पुगेका हुन् ।

उक्त टोलीमा विगतमा प्रचण्डको मन्त्रिपरिषद्मा मन्त्री बनेका नेताहरु पनि सहभागी रहेका थिए । उनीहरुले प्रधानमन्त्रीकी दिवंगत धर्मपत्नी सीता दाहालप्रति फूलमाला अर्पण गर्दै श्रद्धाञ्जली अर्पण गरे ।

नेम्बाङ, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, विमला राई, गोकर्ण विष्ट लगायत नेताहरुले प्रचण्डको परिवारसँग समवेदना व्यक्त गरेका थिए ।

नेम्बाङ लगायत एमाले सांसदहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री प्रचण्डले आफूमाथि पटक–पटक पारिवारिक शोक परेका बेला सधैं साथ र शुभेच्छा राखेको बताए ।

‘मलाई यस्तो अप्ठेरो परेका बेलामा तपाईंहरु आएर साथ सहयोग दिनुभयो, यसले मलाई विपत्ति सहन ठूलो बल मिलेको छ,’ प्रचण्डले एमाले नेताहरुसँग भनेका थिए ।

प्रधानमन्त्रीपत्नी सीता दाहालको बुधबार बिहान उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend