logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • लम्पिस्किन रोगको रोकथाममा सरकार उदासिनता देखायो: एमाले

    लम्पिस्किन रोगको रोकथाममा सरकार उदासिनता देखायो: एमाले

    1.6K
    Shares
    लम्पिस्किन रोगको रोकथाममा सरकार उदासिनता देखायो: एमाले

    काठमाडौं । नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले लम्पिस्किन रोगको रोकथामका लागि सरकारले उदासिनता देखाएको बताएका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक गिरीले लम्पिस्किन रोग नियन्त्रणका लागि सरकार उदासिन भएको बताएका हुन् ।

    उनले लम्पिस्किन रोगबाट किसानहरुलाई ३७ अर्ब बराबरको क्षति भइसकेको भन्दै अझैपनि पशुहरुलाई प्रभावकारी ढंगले खोप लगाउन नसकिएको बताए । उनले गाउँगाउँमा प्राविधिकहरु समेत पठाउन नसकेको भन्दै सरकारलाई यसप्रति ध्यानाकर्षण गराए ।

    उनले बजेट अभाव भएमा निर्वाचन क्षेत्र विकास कोषबाट रकमान्तर गरेर भएपनि नियन्त्रणका लागि लाग्नुपर्ने बताए ।

    उनले भने, ‘विपन्न र गरिब जनताहरु, ति किसानहरुले ति पशु चौपायाबाट ३७ अर्ब बराबरको क्षति भएको छ । यस्तो विकराल स्थिति हुँदाखेरी पनि सरकारले यसलाई जसरी गम्भिरताका साथ लिनुपथ्र्यो र जुन तदारुकता देखाउनुपथ्र्यो । जुन ढंगले उपचारको काममा लाग्नुपथ्र्यो, खोपहरु जसरी प्रभावकारी ढंगले वितरण गर्नुपथ्र्यो सरकारले यसमा उदासिनता देखाएको कारणले किसानहरुले ३७ अर्ब बढीको क्षति व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ । सरकारले समयमै सजगता अपनाएको भए यो क्षति बेहोर्नुपर्ने अवस्था थिएन । जम्मा २ लाख २२ हजार पशुलाई खोप लगाएको छ । खोप अत्यन्त अपर्याप्त छ । लगाउने गति पनि साह्रै सुस्त छ । गाउँमा जुन ढंगले प्राविधिकहरु पठाउनुपथ्र्यो सरकारले प्राविधिकहरु पठाएको छैन । खोप आवश्यक मात्रामा पठाएको छैन । औषधि र मल्हमपट्टी पठाउने काम गरेको छैन । यसतर्फ सरकारको गम्भिरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend