logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • मिटरब्याजी समस्या समाधनका लागि विद्येयक तत्काल संसद्मा ल्याइयोस्: रवि लामिछाने

    मिटरब्याजी समस्या समाधनका लागि विद्येयक तत्काल संसद्मा ल्याइयोस्: रवि लामिछाने

    2.2K
    Shares
    मिटरब्याजी समस्या समाधनका लागि विद्येयक तत्काल संसद्मा ल्याइयोस्: रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद बैठकको कार्यसूचीमा मिटरब्याज सम्बन्धी विधेयक नआएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

    उनले संसदको आगामी बैठकमा मिटरब्याज सम्बन्धी विधेयक नल्याएमा संसद बैठक चल्न नदिने चेतावनी दिए । उनले आफूहरु मिटरब्याज पीडितको पक्षमा रहेको बताए ।

    उनले भने, ‘सरकारलाई यो विधेयक यथाशिघ्र सदनमा ल्याउनको निमित्त आह्वान गर्न चाहन्छु । हामी यसको पक्षमा छौँ । पीडितहरुको पक्षमा छौँ । र मिटरब्याजको पीडाबाट जसरी जीवन–मरणको दोसाधमा नागरिकहरु पुगेका छन् । उनीहरुको पक्षमा हामी अहिले नै तयार छौँ यसलाई छिट्टै फाष्टट्रयाकमा ल्याएर प्रतिस्थापन विधेयकमार्फत १५ दिनभित्र सम्पन्न गर्न सकिन्छ भन्नेकुराको प्रतिवद्धता हामीले व्यक्त गरिसकेका थियौँ । तर कसको स्वार्थले यसरी यो विधेयकलाई संसदमा ल्याइएन ? यो सदनलाई जानकारी हुनुपर्छ । आगामी बैठकमा मिटरब्याज पीडितहरुका लागि भनेर सरकारले ल्याउन खोजेको विधेयकलाई कार्यसूचिमा राखिएन भने रास्वपा सदन चल्न नदिने पक्षमा उभिने छ । मिटरब्याज पीडितहरुको पक्षमा दह्रो खह्रो भएर उभिनेछ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend